Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

नमुना सामुदायिक बन उपभोक्ता समुहको १९औ साधारण सभा समपन्न ।।

कपिलवस्तु -नमुना सामुदायिक बन उपभोक्ता समुहले१९औ बार्षिक साधारण सभा समपन्न गरेको छ ।
शिवराज नगरपालिका वडा न ९ अन्तर्गत बानियाभारमा अवस्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि नमुना सामुदायिक बन उपभोक्ता समुहले सभा समपन्न गरेको हो ।
बन छ र मात्र मानव जीवन सम्भव भएको प्रमुख अतिथि वडा न ९ का अध्यक्ष राम गोपाल चौधरीले बताउनु भयो ।
सामुदायिक बनले बनको संरक्षण गरि रहदा केही उपभोक्ताले आफु खुशी बनको सदुपयोग गर्न खोज्दा बन बिनाश तर्फ जाने र जलवायु परिवर्तन भइ मानव जिवनलाई समेत खतरा हुने भएकोले बन संरक्षणमा सबैले हातेमालो गर्नु पर्ने अध्यक्ष चौधरीको भनाई छ ।
साधारण सभालाई सम्बोधन गर्दै सस्थाका अध्यक्ष चित्र बहादुर सेनले उपभोक्ताका आवश्यकतालाई मध्यनजर गर्दै समय समयमा घास दाउरा उपलब्ध गराउने गरेको भए पनि कोहिले संरक्षित बनमा हुर्कदै गरेका बिरुवालाई फेदैबाट काट्ने गरेको भेटिएकोले त्यसो नगर्न अनुरोध गर्नु भयो ।अति आवश्यक परे प्रक्रिया पूरा गरि उपभोक्ताका समस्य सम्बोधन गरिने आश्वासन अध्यक्ष चित्र बहादुरले दिनु भयो।
सभालाई सरस्वती माबी बनियाभारका प्र अ बिक्रम केसि, ,सबडिबिजन बनका परमेस्वर साह ,शिवगढी खानेपानीका अध्यक्ष नन्दलाल पुरी ,समाजसेवी पनिराम रोका ,प्रमोद सुवेदी, समाजसेवी तोर बहादुर जि सी,लगायतले सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma