Developed By Kuldeep Sharma

२ महिना अगाडि

माओवादी नेता मोदीद्धारा चन्द्रौटामा भेटघाट

नेकपा माओवादी केन्द्रका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमानलाल मोदिले शिवराज नगर क्षेत्रका नेता कार्यक्रता सँग भेटघाट गर्नुभएको छ । मन्त्री मोदि सहित कपिलवस्तु जिल्ला ईन्चाज कमल चुदाली,जिल्ला संयोजक विष्णु बेल्वासे सहितको टोलीलाई शिवराज नगर इन्चार्ज दिनेश पुन,नगर उपाध्याक्ष चिन्ता परियारले स्वागत गर्नुभएको छ । भेटघाट कार्यक्रममा माओवादी प्रति जनताको भरोसा रहेकोले अहिलेको सरकारलाई धेरै जिम्मेवारी रहेको बताउनुभयो । निर्वाचन पश्चात् माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेकोले पार्टीलाई मजबुत बनाउँदै देश र जनताको काममा सबै नेता कार्यकर्ता लाग्न आग्रह गर्नुभयो । पार्टी कमजोर भएमा एजेन्डाहरूलाई स्थापित गर्न नसकिने भन्दै सबै भन्दा पहिलो काम भनेको पार्टीलाई बलियो बनाउनु रहेको बताउनुभयो । मन्त्री मोदिले अहिले सङ्घीय कर्मचारी ऐन ल्याउने विषयमा केन्द्रित रहेको जिकिर गर्नुभयो । प्रशासन भित्र बेथितिहरू रहेकोले सुधार गर्दै अन्यायमा परेका कर्मचारीहरूलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो । ‘सुगममा बस्नेहरू दुर्गममा जानै नमान्ने दुर्गममा सेवा गरिरहेका कर्मचारी सधैँ दुर्गममै बस्नुपर्ने अवस्थालाई परिवर्तन गर्न आवश्यक छ, मन्त्री मोदिले भन्नुभयो, ‘राष्ट्रसेवक कर्मचारी कुनै दलका हुँदैनन्, उनीहरूले कुशलता पूर्व आफ्नो जिम्मेवारी पुरा गर्छन्, ।’ कुनै पनि कर्मचारीहरूले जनताको काम नगरेमा खबर गर्न आग्रह गर्नुभयो । राष्ट्रसेवक कर्मचारी भएर जनताको काम गर्दैन भन्न पाउने अधिकार नभएको भन्दै सहज रूपमा नागरिकहरूले सेवा पाउनुपर्ने आफ्नो मुख्य एजेन्डा रहेको मन्त्री मोदिले बताउनुभयो । मन्त्री मोदि,मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद वेग लगायतको टोली कपिलवस्तुको बिजयनगरमा विभिन्न क्षेत्रको अवलोकन समेत गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma