Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराज साझेदारी वनको वडा नं. ७ मा वडा भेला सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको वडा नं. ७ मा उपभोक्ता भेला सम्पन्न भएको छ । समितिको निर्वाचनका लागी वडा बाट ७ जना सदस्य छनौटका लागी गरिएको भेलामा सर्वसम्मत रुपमा सदस्यहरु चयन भएका छन ।
वडा नं. ७ बाट शिवराज साझेदारी वनमा बाबुराम गडरिया, छमुर मुराउ, दिपा चौधरी, रामलौटन चौधरी, अनारकली यादव, रियाज मुसलमान र राजदेवि बढई सर्वसम्मतबाट चयन भएको सहायक बन अधिकृत प्रेम शंकर गुप्ताले बताउनु भयो ।


शिवराज साझेदारीको कार्यक्षेत्र रहेको शिवराज नगरपालिकाका ७ वटा वडाहरु वडा नं. २, ५,६,७ र ८ कृष्णनगर नगरपालिकाको ३ वटा वडाहरु वडा नं. ५,८ र ९ मा वडा भेला गराई प्रत्येक वडा बाट ७ जना सदस्य छनौट गरि कुल ५६ जना मध्येबाट कार्यसमिति गठन गरिने गुप्ताले बताउनु भयो । यस्तै शुक्रबार शिवराज नगरपालिका वडा नं. ८ मा उपभोक्ताहरुको भेला गराई सदस्य चयन गरिने समेत उहाँले जानकारी दिनु भयो ।


वडा नं. ७ को वडा कार्यालयमा भएको भेलामा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष अनुप कुमार चौधरीको प्रमुख आथित्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma