Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराज वडा नं. ४ मा ४० प्रतिशत योजना सम्पन्न

फागुन २७
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ मा आ.ब. २०७९÷८० का योजनाका कामहरु ४० प्रतिशत बढि सम्पन्न भएका छन । वडामा स्तरिय योजनाहरुमा कामको सुरुवात भएसकेको र ६० प्रतिशत सम्झौता भइसकेको छ ।
आ.ब. ०७९÷०८० मा वडामा रहेका विभिन्न योजनाहरुमा कामको गति लिएको वडा अध्यक्ष नसिम अहमद खाँ ले बताउनु भयो । यस आर्थिक बर्षमा वडामा खानेपानी हेण्ड पाइप, कृषि विकास तथा पशु ,शिक्षा ,खेलकुद भौतिक निर्माण र सडक निर्माण लगायतका योजनाहरु रहेकोमा अधिकाशं योजना तथा कार्यक्रमहरु सम्झौता भइसकेको र केहि कार्यक्रम र योजनाहरु सम्पन्न पनि भइ सकेको अध्यक्ष खाँ ले जानकारी दिनु भयो ।
भौतिक निर्माण तर्फ विद्यालयहरुमा भवन निर्माणका लागी सम्झौता भईसकेको उहाँले बताउनु भयो । सडक स्तरउन्नती तर्फ पनि केहि सडकहरुको निर्माण सम्पन्न भइसकेको र केहि निर्माणाधिन अवस्थामा रहेको उहाँले बताउनु भयो । वडाको चौतर्फि विकासका लागी योजनाका कामहरु समयमा नै सम्पन्न हुने अध्यक्ष खाँले बताउनु भयो । भौतिक र सडक निर्माणमा नदिजन्य सामाग्रीको समयमा नै निकासी नहुदाँ योजनाहरुमा प्रभाव परेको समेत उहाँले बताउनु भयो ।
गाउँ देखि वडा सम्म पुग्ने सडकको स्तरउन्नती र कालोपत्रेका लागी प्रदेश संग माग गरिएको छ । नगरको हिउँदे अधिबेशनबाट स्वास्थ्य चौकी परिसरमा माटो पटानका लागी बजेट विनियोजन भएको भए पनि सम्झौता नभएको खाँले बताउनु भयो । सम्झौता नभएका योजनाहरुको पनि अब छिट्टै सम्झौता गरि काम अघि बढाउने प्रक्रियामा छौ । वडामा रहेका सबै योजनाहरु सम्पन्न हुनेमा विश्वस्त रहेको समेत उहाँले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma