Developed By Kuldeep Sharma

११ महिना अगाडि

शिवराजमा जनप्रतिनिधिको एक बर्ष पुरा, नगरवासी समक्ष गरेका वाचा पुरा गर्न कहिल्लै नचुक्ने : मेयर थापा

कपिलवस्तु –
२०७९वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित भएर शिवराज नगरपालिकामा जनप्रतिनिधिको रुपमा पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व गर्न आएका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको आज एक वर्ष पुरा भएको छ । १ वर्ष अघि आजकै दिन अर्थात् २०७९ साल जेठ ९ गते नगरपालिका प्रमुख, उपप्रमुख ,वडाअध्यक्ष लगायतका जन प्रतिनिधिहरुको पदवहाली गरेका थिए ।
शिवराज नगरपालिकामा राप्रपाबाट उम्मेदवार भई मेयर बनेका अजय थापाले नगरवासीका आवश्यकता र आफुले चुनावी घोषणापत्र अनुसार गरेका वाचा पुरा गर्न कहिल्लै नचुक्ने बताउनु भएको छ । आफु निर्वाचित भए लगत्तै नगरमा माध्यमिक तहको शिक्षालाई निशुल्क गर्ने पहिलो प्रतिवद्धता पुरा गरेको बताउन भयो । कार्यपालिकाको बैठक नगरपालिकाको पेजबाट प्रत्येक्ष प्रसारण, चन्द्रौटा बजारमा बिजुली बत्ति, डिजिटल नेम पलेट, डस्ट बिनको व्यस्था, जेष्ठ नागरीकको लागि घरमै सामाजिक सुरक्षा भत्ता र गर्ववति सुतकेरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, नगरपालिकाको कार्यलयमा नागरीक सहायता कक्ष, स्तनपान कक्ष स्थापना, प्रत्येक वडामा स्वास्थ्य केन्द्रको व्यवस्थापन, स्वयमसेवक शिक्षक भर्ना, विद्यार्थि संख्या कम भएका विद्यालय मर्ज, नगरको मुख्य वजारमा सार्वजनिक सौचालय, खरेन्द्रपुर चोकमा पृथ्विी नारायण साहको सालिक निमार्ण, चोर खोलामा विद्युत सोवाका लागि प्रक्रिया सुरु, मुटु र किड्नी रोगिलाई बुटवल सम्म निःशुल्क गाडिको व्यवस्था, शिवराज नगरपालिका सम्पुर्ण सरकारी कर्मचारीले आफ्ना बालबालिका लाइ आपन सामुदायिक स्कुलमा पढाउनुपर्ने, नगरपालिका,सबै वार्ड कार्यलय र स्वास्थ्य चौकीमा ई–हाजिरी जडान भै अब ई–हाजिरी बाट हाजिरी गर्ने व्यवस्था सुरु, धानखोला,चोरखोला र दोबाटोका बिद्यार्थीलाइ यातायातको व्यवस्था, युवा स्वरोजगारको निम्ती दर्जन बढि तालिम संचालन लगायतका योजना सम्पन्न हुने चरणमा रहेको नगर प्रमुख थापाले बताउनुभयो ।
यस्तै दोस्रो पटक शिवराजको उप प्रमुख बनेकि शिवकुमारी थारु दास्रो कार्यकालको १ बर्षमा स्थानीय वासिन्दाका थुप्रै आकांक्षा र मागलाई बुझेर काम गरेको बताउनु भएको छ । नगरपालिकाले आफ्नो स्रोत साधन र क्षमताले भ्याएसम्म सबैका लागि बजेट विनियोजन गर्दै आएको बताउनु भयो । न्यायिक समितीको संयोजक समेत रहनु भएकि उप प्रमुख थारुले नगरभित्रबाट विभिन्न विवादित समस्याहरुको मेलमिलापका माध्यमबाट न्याय दिन सफल भएको बताउनु भयो ।
एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ती, दलित, आदिवासी, विपन्न वर्गका लागि विशेष सिप विकास तालिम नगरका लोकपृय कार्यक्रम रहेको बताउनु भयो । नगरपालिकाले एकल महिलालाई साधन सहितको सिपमुलक तालिम उपलब्ध गराएको र सिलाइकटाइ गर्नेहरुलाई मेसिन उपलब्ध गराएको जुत्ता चप्पल सिलाउने, ढाकाटोपी बुनाई, फाइवर बनाउने लगायतका थुप्रै व्यवसायिक तालिमहरु उपलब्ध गराएका उप प्रमुख थारुले बताउनु भयो । आगामी वर्षमा पनि सबैलाइ समेट्ने गरी कार्यक्रम ल्याउने बताउनु भयो ।
आर्थिक बर्ष सकिनै लाग्दा शिवराज नगरपालिका वडा नं १ मा ९८ प्रतिशत योजना सम्पन्न भएको वडा अध्यक्ष खिम बिक्रम केसिले जानकारी गराउनुभयो । वडा भित्र जेष्ठ नागरीकको घरमै स्वास्थ्य परीक्षण, शिक्षा, स्वास्थ खानेपानि, सडक निमाण, लक्षित वर्गका लागि सिप विकास तालिम लगायतका योजना सम्पन्न भएको वडा अध्यक्ष केसिले बताउनु भयो । यसैगरी वडाका विभिन्न टोलमा सुचना पार्टि राख्ने, उमरी र सोनपुरमा स्वास्थ्य खोप केन्द्र स्थापना र २ वटा अवरुद्ध रहेका योजनालाइ सहमतिबाट संचालनमा ल्याइएको उँहाले बताउनु भयो । यस्तै यता शिवराज वडा नं २ मा शिक्षा, स्वास्थ, शिक्षा, खानेपानि, सडक निमाण, लक्षित वर्गका लागि सिप विकास तालिम लगायत ९८ प्रतिशत योजना सम्पन्न भएको वडा अध्यक्ष रामबहादुर चौधरीले बताउनुभयो ।
त्यस्तै वडा नं ३ मा वडाका योजना मध्य ९० पतिशत योजना सम्पन्न भएको वडा अध्यक्ष टेकलाल समपकोटाले बताउनु भयो । खरको छानो मुक्त अभियानका लागि नगरबाट आउने अनुदानमा ढिलाइ हुदा उक्त योजना केहि ढिला् भएको बताउदै वडामा सडक निमार्ण तथा मर्मत, भवन निमार्ण, सिंचाइ, स्वास्थ्य, शिक्षा तथा विभिन्न सिप विकास तालिम लगायतका योजना सम्पन्न भएको वडा अध्यक्ष सपकोटाले बताउनु भयो । यता शिवराज वडा नं ४ मा केहि योजना सम्पन्न हुने क्रममा रहेको हुदा ८० प्रतिशत योजना सम्पन्न भएको वडा अध्यक्ष नसिम अहमद खाँले बताउनु भयो ।
शिवराजको मुख्य वजारमा रहेको वडा नं ५ मा ९९ प्रतिशत योजना सम्पन्न भएको वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनुभयो । वडाको योजना मध्य सौनि गाउँको पि सि सि सडक निमाणर््ा योजना पनि सम्झौता भएर निमार्णको चरणमा रहेको बेल्वासेले बताउनु भयो । वडाबाट यो आर्थिक बर्षमा स्तनपान कक्ष, जेष्ठ नागरीकको घरमै स्वास्थ्य परीक्षण,सडक निमार्ण तथा मर्मत, भवन निमार्ण, सिंचाइ, स्वास्थ्य, शिक्षा तथा विभिन्न सिप विकास तालिम लगायतका योजना सम्पन्न भएको वडा अध्यक्ष बेल्वासेले बताउनुभयो ।
वडा नं ६ मा बाटो ग्राभेल, माटो कटान, मर्मत सिंचाइ, स्वास्थ्य तथा विभिन्न सिप विकास तालिम गरी ९५ प्रतिशत योजना सम्पन्न भएको र अब २ योजना सम्पन्न हुने चरणमा रहेको वडा अध्यक्ष महेताब आलम खाँले बताउनुभयो । यता वडा नं ७ मा सडक निमार्ण तथा मर्मत, भवन निमार्ण, सिंचाइ, स्वास्थ्य तथा विभिन्न सिप विकास तालिम लगायतका याजना सहित ९० प्रतिशत भन्दा बढि योजना सम्पन्न भएको वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । वडा नं ८ मा वडाका ९८ प्रतिशत योजना सम्पन्न भएको र बाँकि काम १५ दिन भित्रै सम्पन्न हुने वडा अध्यक्ष रीजिवान अहमद मुसलवानले बताउनु भयो । वडा बाट यो आर्थिक बर्षमा सडक निमार्ण तथा मर्मत, भवन निमार्ण, सिंचाइ, स्वास्थ्य, शिक्षा तथा विभिन्न सिप विकास तालिम लगायतका योजना सम्पन्न भएको वडा अध्यक्ष मुसलवानले बताउनुभयो ।
यता वडा नं ९ मा ९५ प्रतिशत योजना सम्पन्न भएको र बाँकि योजना सम्पन्न हुने चरणमा रहेको वडा अध्यक्ष राम गोपाल चौधरीले बताउनुभयो । यता वडा नं १० मा ९० प्रतिशत योजना सम्पन्न भएको र वडा बाट यो आर्थिक बर्षमा सडक निमार्ण तथा मर्मत, भवन निमार्ण, सिंचाइ, स्वास्थ्य तथा विभिन्न सिप विकास तालिम लगायतका योजना सम्पन्न भएको वडा अध्यक्ष मन्जु मिश्रले बताउनुभयो । वडा नं ११ मा वडा बाट विनियोजित बजेटका योजनामा ८५ प्रतिशत योजना सम्पन्न भएको र बाँकि योजनाहरु जेठ महिनामा नै सम्पन्न हुने वडा अध्यक्ष रामेश्वर बर्माले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma