Developed By Kuldeep Sharma

१० महिना अगाडि

शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा निशुल्क आंखा शिविर संचालन हुने ।।

नवराज पौडेल कपिलवस्तु,,

कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा निशुल्क आंखा शिविर संचालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ , आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्र्तगत संचालित छन्द कालेबाबु नारायणी आंखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग र शिवराज नगरपालिका वडा नं ३ को कार्यालय खरेन्द्रपुरको आयोजना तथा गौतमबुद्ध पोलि क्लिनिक प्रा.लि को व्यावस्थापनमा १ दिने निशुल्क आंखा शिविर संचालन हुने वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
नगरको वडा नं ३ मा आंखा सम्वन्धी समस्या भएका सम्पुर्ण वडा बासी आमा बुवा दाजुभाई तथा दिदि बहिनीहरुलाई यही जेठ १७ गते बुधबार आफ्नो आंखाको चेकजांच गराउन सापकोटाले अनुरोध गर्नुभएको छ । शिविरमा विरामीहरुलाई निशुल्क चस्मा दिइने र थप उपचार तथा मोतिया विन्दुको बहादुगंजमा रहेको छन्द –कालेबाबु नारायणी आंखा अस्पतालमा निशुल्क अप्रेशनको व्यावस्था गरिएको प्रशासकिय अधिकृत जसराज वि.क ले जानकारी दिनुभयो । शिविर जेठ १७ गते बुधबार विहान १० बजे देखि दिउसो ३ बजे सम्म संचालन गरिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma