Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराज नगरपालिकामा कुल बजेटको ५० प्रतिशत खर्च

दिपक के.सी.
कपिलवस्तु जेठ १७
कपिलवस्तुको शिवराज नगरपालिकाको आर्थिक बर्ष ०७९/०८० को कुल बजेट ९७ करोड ४९ लाख १४ हजार ९ सय ७० रुपैयामा ५०.१४ प्रतिशत रकम खर्च भएको छ ।
नगरपालिकाको चालु तर्फ ६० करोड ९५ लाख ३४ हजार ९ हजार मध्ये ६१.६ प्रतिशत र पुजीगत तर्फ ३६ करोड ५३ लाख ८० हजार मध्ये ३१.९३ प्रतिशत रकम खर्च भएको शिवरनज नगरपालिका लेखा शाखा प्रमुख रामचन्द्र मरासिनी बताउनु भयो । लेखा शाखा प्रमुख मरासिनीका अनुसार नगरपालिकामा यस आर्थिक बर्षमा संघीय समानिकरण र संघिय राजश्व वाडफाडबाट आउनु पर्ने बजेट घट्दा करिब ६ करोड ५० लाख रकम यस आर्थिक बर्ष नआउने बताउनु भयो ।
संघिय समानिकरणमा १९ करोड १ लाख रकम आउनु पर्नेमा हाल सम्म १६ करोड ६३ लाख ३७ हजार ५ सय रकम नगरपालिकामा आम्दानी भएको छ । संघिय राजश्व बाडफाटबाट १६ करोड १३ लाख मध्ये २०७९ चैत्र मसान्त सम्म ८ करोड ९८ लाख २ हजार ३ सय ५१ रुपैया आम्दानी भएको लेखा शाखा प्रमुख मरासिनीले बताउनु भयो । संघिय राजश्व बाडफाड बैशाख , जेठ र असार सम्म ३ करोड मात्रै आउने सम्भावना रहेको र बाकी रकम नआउने देखिएको उहाँले बताउनु भयो ।
नगरपालिकामा प्रदेशबाट प्राप्त हुने अनुदानमा ५० प्रतिशत मात्रै हाल सम्म आम्दानी भएको छ । प्रदेशको समपुरमा २ करोड रहेकोमा हाल सम्म १ करोड मात्रै आम्दानी भएको छ ।प्रदेश समानिकरण तर्फ १ करोड ७ लाख ६ हजार मध्ये ८० लाख २९ हजार ५ सय आम्दानी भएको लेखा शाखा प्रमुख मरासिनीले जानकारी दिनु भयो । प्रदेशकै ससर्त र विषेश अनुदानमा ५० प्रतिशत रकम आम्दानी भएको छ । १ करोेड ५० लाख मध्ये ७५ लाख हाल सम्म आम्दानी भएको उहाँले बताउनु भयो । प्रदेश राजश्व बाडफाडमा ३ करोड ७६ लाख ७५ हजार मध्ये ०७९ मंसिर मसान्त सम्म ५३ लाख ३१ हजार ८ सय २६ रुपैया आम्दानी भएको छ । नगरपालिकाले आर्थिक बर्ष ०७९/०८० मा आन्तरिक राजश्व तर्फ ७ करोड ५० लाख लक्ष्य राखेको मध्ये चैत्र मसान्त सम्म ६ करोड आम्दानी गरिसकेको छ ।
नगरको बजेटमा करिब ६ करोड ५० लाख बजेट संघबाट नअउदाँ नगरका योजनाहरु भने प्रभावित भएका छन । नगरपालिकाले नयाँ योजनाका सम्झौताहरु रोकिसकेको प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले बताउनु भयो । सम्झौता भएर काम सुरु भइसकेका योजनाहरुको भुक्तानीमा बाँकी रहेमा अर्को आर्थिक बर्षमा भुक्तानी बाँकी अल्या गरी नगर सभाबाट पास गरी भुक्तानी गरी पाण्डेले बताउनु भयो ।
नगरले विनियोजित गरेको कुल बजेटमा रकम घट्ने भएपछि नगरका योजनाहरु प्रभावित भएको नगर प्रमुख अजय थापाले बताउनु भयो । सम्झौता भइ नसकेका योजनाहरुलाई प्राथमिकताका आधारमा आगमी आर्थिक बर्षमा समेटेर लैजाने प्रमुख थापाले बताउनु भयो । सम्झौता काम सम्पन्न भएका योजनाहरुको भुक्तानी बाँकी रहेमा अगामी आर्थिक बर्षमा भुक्तानीका लागी नगर सभाबाट पास गरेर भुक्तानी दिइने व्यवस्था मिलाइने उहाँले बताउनु भयो ।
नगरपालिकामा आर्थिक बर्ष ०७९/०८० मा करिब ३ सय २० योजनाहरु रहेकामा हाल सम्म १ सय ७० वटा योजनाका काम सम्पन्न भइ भुक्तानी पनि भइसकेको नगरपालिका योजना शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma