Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

खरेन्द्रपुरमा ७४९ जनाको आखा जाँच

नवराज पौडेल
चन्दौटा कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा निशुल्क आंखा शिविर संम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ , आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्र्तगत संचालित छन्द कालेबाबु नारायणी आंखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोग र शिवराज नगरपालिका वडा नं ३ को कार्यालय खरेन्द्रपुरको आयोजना तथा गौतमबुद्ध पोलि क्लिनिक प्रा.लि को व्यावस्थापनमा १ दिने निशुल्क आंखा शिविर कार्यक्रम सम्पन्न भएको वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा र वडा नम्बर ३ का अध्यक्ष टेकलाल सापकोटाले सयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरमा आँखा समबन्धी समस्या भएका धेरै बिरामी भएकाले वडा नम्बर ३ ले गरेको कार्यप्रती धन्यवाद ग्यापन गर्नु भयो ।
बिहान १० बजे देखि ५ बजेसम्म संचालन भएको शिविरमा वडाका ७४९ जनाको आखाको जाँच गरिएको,४० वर्षमाथिका १६४ जनालाई चस्मा बितरण गरिएको र ४१ जनालाइ निशुल्क मोतियाबिन्दुको अप्रेशनसका लागि बहादुगंजमा रहेको छन्द –कालेबाबु नारायणी आंखा अस्पतालमा पठाइने गौतमबुद्ध पोलि किल्निक खरेन्द्रपुरका ब्याबस्थापक बाबुराम भुसालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma