कपिलवस्तुको महाराजगंजमा १६ करोडको लागतमा निर्माण हुने सडक शुक्रवार शिलन्यास गरिएको छ । हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको गनवरिया चोक देखि दक्षिण सेमरि हुँदै शिसवा शान्तीनगर सम्मको सडक मुख्यमन्त्री डिल्ली चौधरीले शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कपिलवस्तुलाई सुन्दर शहर बनाउनुपर्ने बताउनुभयो । अबको बिकास कपिलवस्तु बाट सुरु गर्ने बताउदै सुन्दर सहर निर्माणको लागि डिपिआर प्रदेशले निर्माण गर्ने बताउनुभयो । चौधरीले हरेक विकास, रोजगारी र आत्मनिर्भर सग जोडिने बताउनुभयो ।
“अब सुन्दर शहरको कल्पना गरौ,बाटोले मात्र बिकास हुदैन, चौधरीले भन्नुभयो, “बुद्वको जन्मस्थललाई पर्यटन सग जोडदै औधोगिक विकासमा लागौ, । मुख्यमन्त्री चौधरीले स्थानीय स्रोतलाई संरक्षण गर्दै महाराजगन्जको फरक पहिचान बनाउनु पर्ने बताउनुभयो । महारजगंज नगरपालिकाले विगतमा पनि किचडा मुक्त नगर बनाउने अभियान गरेकोमा प्रशंसा गर्नुभयो । जिर्ण रहेको सडक कालोपत्रे हुने भएपछि नागरिकलाइ सहजता हुने नगरप्रमुख अब्दुल कलाम खाले बताउनुभयो । प्रदेशले नगर मुख्य सडक निर्माणको लागि बजेट बिनियोजन गरेको धन्यवाद दिनुभयो ।
ग्रामीण विकास तथा साना शहरि पुर्वधार निर्माण महाशाखा प्रमुख गुणानिधी पोखरेल २ वर्षको अवधीमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । साढे ४ किलोमिटर सडक निर्माणको लागि सागर निर्माण सेवाले रु १६ करोड ७६ लाख ६८ हजारमा सम्झौता गरेको छ ।
प्रतिक्रिया