Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति

कृष्ण पौडेल
मोफसल खबर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।
घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।
वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।
आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो । सोमवार बिहान हावाहुरीले क्षति पु¥याएको घरमा पुग्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्काल बस्नको लागि आवश्यक व्यवस्था मिलाइने बताए । क्षतिको विवरण तयार भए पश्चात् पालिकाले आवश्यक सहयोग गर्ने थापाले आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma