Developed By Kuldeep Sharma

१२ महिना अगाडि

प्रदेशकै कम बेरुजु शिवराजमा

लुम्बिनी प्रदेशकै सबैभन्दा कम बेरुजु शिवराज नगरपालिका रहेको पाइएको छ । प्रदेशका सबै स्थानिय तहहरुमा भन्दाकम शुन्य दशमलब ३३ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षणको प्रतिबदनमा उल्लेख छ ।
नगरप्रमुख अजय थापाले आफुले सुशासनलाई मुख्य प्राथमिकता दिएर योजना कार्यान्वन र वजेट खर्च गर्ने परिपाटी बसालेको दावी गरे ।
भ्रष्टाचार र आर्थिक अनियमिततामा शुन्य सहनशीलताको सिद्धान्त अनुसार अघि बढेर विधि प्रकृयासम्मत वजेट खर्च गरेकाले बेरुजु कम हुन गएको र आगामी दिनमा बेरुजुलाई शुन्य बनाउने लक्ष्य रहेको थापाको भनाइ छ  ।
कपिलवस्तुका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ९४ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको हो । जिल्लाका १० वटा स्थानीय तहको १९ अर्ब ५० करोड ६७ लाख ६७ हजार रुपैयाँ लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।
कपिलवस्तुमा ६ नगरपालिका र  ४ वटा  गाउँपालिका रहेको कपिलवस्तुमा प्रतिशतको आधारमा आव २०७९/०८० मा बिजयनगर गाउँपालिकामा सबैभन्दा बढी र शिवराज नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । बिजयनगरमा ३ दशमलव ०३ र शिवराजमा शुन्य दशमलब ३३ प्रतिशत बेरुजु छ ।
जिल्लामा कम बेरुजु आएको शिवराज नगरपालिकाको २ अर्ब ३१ करोड ८७ लाख ३९ हजार लेखापरीक्षण गर्दा ७६ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma