लुम्बिनी प्रदेशका मुख्यमन्त्री एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन् । यसअघि दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने लुम्बिनी कांग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशन आएकाले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो ।लीला गिरीको नाममा दावी पेश गर्न जाने गरी एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पत्र तयार गरिसकेका थिए । तर त्यहीबेला पार्टी महासचिव शंकर पोखरेको फोन आएपछि गिरीको नाममा टिपेक्स लगाएर चेतनारायण आचार्यको नाम लेखिएको स्रोतको दावी छ । शंकर पोख्रेल निकट मानिने आचार्य मुख्यमन्त्री हुने भएपछि रुपन्देहीलाई अर्का झड्का लागेको छ । राजधानी समेत दाङ लगेको पोख्रेलले प्रदेशलाई आफ््नो कब्जामा राखेका छन् । एमालेका नेता विष्णु पौडेल दिन प्रतिदिन प्रदेशमा कमजोर बन्दै गएका छन् । पौडेल निकट लिला गिरीले “यो विधि सम्मत भएन, संसदस्य मूल्य अनुरुप पनि भएन, तर्क राखे ।
प्रतिक्रिया