Developed By Kuldeep Sharma

३ हप्ता अगाडि

नेकपा एमाले शिवराज : पोखरेल र अधिकारीको प्रतिस्पर्धा , वडामै भयो निर्वाचन

कपिलवस्तु, भदौ ८ – नेकपा एमाले शिवराज नगर अधिवेशनमा नेतृत्व चयनका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । भदौ १३ गते हुने नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनको सम्भावना बलियो भएको हो।
शिवराज नगरकमिटीको अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष महादेव पोखरेल र सचिव शरद अधिकारी बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । दुवै नेताले करिब १५ दिनअघि नै आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए। सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहे पनि, दुबै नेताले पछाडि नहट्ने अडानका कारण सहमति जुट्न सकेको छैन ।वडाबाट चयन भएका प्रतिनिधिमै विवाद उत्पन्न भएपछि नगर अधिवेशनमा पनि सहमतिको सम्भावना न्यून देखिएको छ । वडा न ५ बाट प्रतिनिधि छनोट निर्वाचन प्रकृया बाट हुने भएको छ । १० जना प्रतिनिधिको लागि ४५ जनाले इच्छा गरेपछि निर्वाचन भएको हो । अहिले शिवराजको नेतृत्व चयनमा जिल्ला तहका नेताहरुको समेत चासो छ । जिल्ला र नगरका नेताहरु नै विभाजित बन्दा निर्वाचन हुने अनुमान रहेको छ ।
अधिवेशनमा १४४ जना प्रतिनिधिहरूले मतदान गर्नेछन्। आयोजक समिति र वडाका प्रतिनिधिहरूको समर्थन हेर्दा महादेव पोखरेलको जित सुनिश्चित रहेको पोखरेल समर्थकको दावी छ। तर, स्थानीय निर्वाचित जनप्रतिनिधिहरूको समर्थन शरद अधिकारीतर्फ रहेकोले अधिकारी पक्षले जितको दावी गरिरहेको छ । नगर अधिवेशनमा नेतृत्व चयनको विषयमा भएको यो कडा प्रतिस्पर्धा एमाले शिवराजको आन्तरिक राजनीति र भावी दिशा तय गर्ने महत्त्वपूर्ण घटना बन्ने देखिएको छ । एमालेको निर्वाचनमा अन्य दलहरुले पनि विशेष महत्व दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma