Developed By Kuldeep Sharma

२ हप्ता अगाडि

दियालो नेपाल कपिलवस्तुको १२औं साधारणसभा सम्पन्न

कपिलवस्तु, १४ भाद्र – दियालो नेपाल कपिलवस्तुको १२औं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाले महिला अधिकार, सामाजिक न्याय र सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।
सभामा संस्थापक अध्यक्ष मिना परियारले दियालो नेपालका उपलब्धिहरू र संस्थाको उद्देश्यलाई सघाउन गरिएका प्रयासहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा संस्थाले गरेका गतिविधिहरूलाई पुनरावलोकन गर्दै आगामी योजनाहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने जिकिर गर्नुभयो ।
सभामा नेपाली कांग्रेसका अध्यक्ष मधु पोख्रेलले महिला अधिकारको पक्षमा निरन्तर रूपमा काम गरिरहने प्रतिबद्धता व्यक्त गर्दै संस्थाका गतिविधिहरूको प्रशंसा गर्नुभयो। उहाँले संस्थाले गरेका प्रयासहरू समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भएको बताउनुभयो।

नेकपा एमालेका अध्यक्ष महादेव पोखरेलले पनि महिला सशक्तिकरणका क्षेत्रमा संस्थाको योगदानको उच्च मूल्याङ्कन गर्दै भन्नुभयो, “महिला अधिकारका लागि सामाजिक र राजनीतिक अभियानहरू चलाउनु आजको आवश्यकता हो, र दियालो नेपाल यस दिशामा उत्कृष्ट काम गर्दै आएको छ।”

नेकपा माओवादी केन्द्रकी अध्यक्ष सरला बुढा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सरोज पौडेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इस्वरी पाण्डे, र पत्रकार महासङ्घका प्रदेश सदस्य चिन्ता परियार लगायतका वक्ताहरूले दियालो नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै महिलाका हक अधिकारका निम्ति संस्थाले गरेको योगदानलाई उच्च सम्मान प्रकट गरेका थिए। सभामा उपस्थित अन्य अतिथिहरूले पनि संस्थाका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन र महिला सशक्तिकरणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउन आफ्नो समर्थन व्यक्त गरे।
दियालो नेपालका अध्यक्ष ज्योती पुनको अध्यक्षतामा रहेको कार्यक्रममा महिलाहरुको पर्व तिजको अवसरमा दर खाने कार्यक्रम समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma