Developed By Kuldeep Sharma

४ महिना अगाडि

शिवराजका कर्मचारीहरुको दैनिकि सुरुवात अब “राष्ट्रिय गानसँगै”

माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने कार्य सुरु गरेको छ । असोज १३ गतेबाट लागु हुने गरि कर्मचारीहरुलाई पोषाक,परिचय पत्र सहित कार्यपरिसमा उभिएर राष्ट्रिय गान गाउने कार्य सुरुवात गरिएको हो । कार्यालयमा उपस्थितिका बारेमा एक अनुशासन र समयको महत्त्वलाई उजागर गर्ने उद्देश्य यो कार्य सुरुवात गरेको नगरप्रमुख अजय थापाले बताए । ।
यो कार्यले कर्मचारीहरूको एकता र राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ, थापाले भने, “राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा, कर्मचारीहरूलाई समयमै उपस्थित हुने प्रेरणा मिल्छ।“ यसले गर्दा कार्यालयको कार्यक्षमता र सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको थापाको भनाई छ।
राष्ट्रिय गान गाएपछि गाउँपालिकाका सेवा र गतिविधिहरूको बारेमा कर्मचारीहरूलाई जानकारी दिन पनि यसले सजिलो बनाउने बताइएको छ । शिवराज नगरपालिकाले यो पहललाई साकारात्मक रूपमा लिएको छ र यसका लाभहरू समयक्रमसँगै देखिने अपेक्षा गरिएको छ । कार्यालय समयको सुरुवातमा राष्ट्रिय गान गाउने कुराले एक विशेष वातावरण सिर्जना गर्ने र कार्यालयमा सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिएको छ । यो नौलो काम गर्ने कपिलवस्तु जिल्लाकै पहिलो पालिकाको रुपमा शिवराज बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma