कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण विशेष जोड दिएको छ । सार्वजनिक सम्पती अवैध अतिक्रमण रोक्न कडा कदम उठाउँदै ३५ दिने अल्टिमेटमसहित सूचना जारी गरेको छ। नगरपालिकाले राजकुलो, सार्वजनिक जग्गा, सडक, तथा अन्य संरचनामा बनेका घर, टहरा, वा कुनै पनि प्रकारका अवैध निर्माण तुरुन्त हटाउन आग्रह गरेको छ।
नगरपालिकाले सूचनामा सार्वजनिक सम्पत्तिमा हुने अतिक्रमणले दिगो विकास र सार्वजनिक सेवामा अवरोध पुर्याउने भएकाले ती संरचना ३५ दिनभित्र खाली नगरेको खण्डमा नगरपालिकाले आफैं हटाउने चेतावनी दिएको छ। त्यस्तै, हटाउने क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्तिहरूमै भार पर्ने स्पष्ट गरिएको छ।
यो सूचना सार्वजनिक गर्दै नगरपालिकाले जनतासँग सहकार्य गर्न अपिल गरेको छ। साथै, नगरपालिकाले सार्वजनिक सम्पत्तिको उचित उपयोग र संरक्षणलाई प्राथमिकता दिँदै, सबैलाई सामुदायिक जिम्मेवारी बहन गर्न नगर प्रमुख अजय थापाले आह्वान गर्नुभएको छ।
प्रतिक्रिया