Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नेकपा माओवादी केन्द्र नगर कमिटी बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र शिवराज नगरकमिटीको बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्र्ज रुद्र लाल बन्जाडेले पार्टी संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा पार्टीको प्रभावकारिता बढाउने र जनसमस्याहरू समाधान गर्न रणनीति तय गर्ने बताउनुभएको छ । पार्टीलाई सशक्त बनाउने, स्थानीय स्तरमा जनसम्बन्ध सुधार गर्ने र जनअपेक्षाअनुसार पार्टी गतिविधिलाई अघि बढाउने पार्टिको कार्यक्रम रहेको बन्जाडेले बताउनु भयो ।
प्रदेश कमिटी सदस्य एवम शिवराज नगर इन्चार्ज दोर्ण बहादुर पुन मगरले पार्टीलाई स्थानीय तहमा जनमुखी बनाउनुपर्ने, संगठन विस्तारलाई तीव्रता दिनुपर्ने र आम जनताको समस्यालाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाले स्थानीय तहमा माओवादी केन्द्रको भूमिका अझ प्रभावकारी बनाउनु पर्ने र संगठनलाई सुदृढ पार्दै युवा तथा महिलाहरूको सहभागिता बढाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नगर अबिधेशनका लागी नगरमा रहेका सदस्यहरुको सदस्यता नविकरण गर्न वडा कमिटिहरुलाई सक्रिय रुपमा लाग्न समेत पुनले निर्देशन दिनुभयो ।
बैठकमा स्थानीय स्तरका बिकास निर्माण, जनसेवा तथा भष्टाचार नियन्त्रणमा पार्टीको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो । बैठक नगर अध्यक्ष सिता बुढाथोकीको अध्यक्षता र सचिव रविन्द्र बुढाथोकीको सन्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma