Developed By Kuldeep Sharma

५ महिना अगाडि

अंग्रेजी शिक्षकको लागि ५ दिने तालिम सम्पन्न 

जेठ १४ गते /कपिलवस्तु ।
कपिलवस्तुको जितपुरमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरूका लागि अंग्रेजी शिक्षण विधि सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । तालिम समापन समारोहमा बोल्दै शिवराज नगर प्रमुख अजय थापाले अन्तर्राष्ट्रिय बजारमा अंग्रेजी माध्यमको बढ्दो मागलाई मध्यनजर गर्दै माध्यमिक तह निशुल्क र अंग्रेजी भाषामा अध्यापन शुरु गरेको बताउनुभयो । नगर प्रमुख थापाले अंग्रेजीलाई एक सहज भाषाको रूपमा लिन आग्रह गर्दै शिक्षकहरूलाई यसलाई जटिल नठान्न सुझाव दिनुभयो ।

तालिममा सहभागी शिक्षक जीवलाल पराजुली र लक्ष्मी घिमिरेले यस तालिमले शिक्षण विधिमा प्रविधिको प्रयोग सम्बन्धी नयाँ ज्ञान प्राप्त भएको र यो तालिम शिक्षण कार्यमा एक महत्त्वपूर्ण उपलब्धि साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत शिवराज नगरपालिकाका ११ जना शिक्षकहरूलाई कपिलवस्तु जिल्लाकै पहिलो नमुना विद्यालय बाणगंगा नगरपालिका वडा नं. २ बैजलपुरस्थित पञ्च आधारभूत विद्यालयमा अध्ययन भ्रमण समेत गराइएको थियो ।

कार्यक्रम संयोजक अजय चौधरीका अनुसार तालिम गोविन्द पोखरेलले सहजीकरण गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष हरीलाल शर्माले अंग्रेजी शिक्षण विधिमा प्रविधिको प्रयोग र अंग्रेजी भाषालाई व्यवहारिक रूपमा अध्यापन गराउनका लागि यो तालिम प्रभावकारी हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma