
कपिलवस्तु , १४ भदौ ।
कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोधा फुड्स प्रालिमा कार्यरत सयौँ मजदुर गत बिहीबारदेखि आन्दोलनमा छन् । सेवा–सुविधा नपाएको, पारिश्रमिक समयमा नआउने, विभेद गर्ने, महिलामैत्री सुविधा नदिने लगायतका गुनासो लिएर उनीहरूले उद्योगको मूलगेटमै धर्ना थालेका हुन् । आन्दोलन चर्किएपछि उद्योग परिसर नाराबाजीले गुञ्जिएको छ । आफ्ना अधिकारको नारा बोकेका मजदुरले अब माग सम्बोधन नभएसम्म काममा फर्किने अवस्था नरहेको बताएका छन् ।
बर्षाैदेखि सोही कम्पनीमा कार्यरत रहेका कमलेश गुप्ताले काम अनुसारको पारिश्रमिक नदिएर श्रम शोषण गरेको बताए । दैनिक १२ घण्टा काम गरेपनि ७ सय ५० को दरले दिने त्यो पनि समयमा पारिश्रमिक नपाउँदा आफूहरु समस्या पर्ने गरेको उनले बताए । यस्तै अर्जुन थारुको पीडा पनि उस्तै छ । “आफ्नो मागहरु पटक–पटक सम्बन्धितलाई राख्दा पनि सुनवाइ भएको छै्रन्” ः उनले भने ।
त्यसैगरी शर्मिला रावतले रात्रीकालिन समयमा काम गरेपनि सरकारले तोके बमोजिमको पारिश्रमिक नपाएको गुनासो गरिन् । महान चाडपर्व तीजमा समेत नपाउदा चाडपर्वमा समते खल्लो हुने गरेको उनको भनाई छ । कर्मचारीलाई अभद्र व्यवहार गरेको बताउँदै महिला कर्मचारीलाई गुणस्तरहिन प्याड न्यून मात्रमा दिएको भएपनि पर्याप्त नहुँदा समस्या हुने गरेको रावत बताउँछिन् । सामान्य चोटपटक लाग्दा समेत औषधी उपचारका लागि उद्योगले कुनै कदम नचालेको कामदारहरुको गुनासो छ ।
प्रा.लि.मा डेढ बर्षदेखि कार्यरत पुजा चौधरीले कामका लागि कर्मचारी कम्पनीमा काम गर्न आएपनि समयमा नआएको भन्दै र्फकाउने गरेको बताईन् । यसरी कम्पनीमा पुगेका कामदारलाई र्फकाउँदा घरबाट कम्पनी, कम्पनीबाट घर आवतजावतमा समस्या हुने गरेको उनले बताईन् । सोही कम्पनीमा अन्य ठाउँका कामदारलाई ९ सयका दरले दिने गरेपनि यहाँका कामदारलाई विभेद गरेको उनीहरुको भनाई रहेको छ । शुक्रबार बिहान उद्योग परिसरमा कर्मचारीहरु नाराबाजी सहित आन्दोलन गरेका थिए । शुक्रबार आन्दोलित कामदारहरु स्थानीय शिवराज नगरपालिकामा समेत पुगेका थिए ।
नगरप्रमुख अजय थापासँग आफूहरु अन्ययमा परेको गुनासो राखेपछि थापाले कामदार व्यवस्थापनको जिम्मा पाएका प्रतिनिधि र उद्योगलाई सम्पर्क गरि तुरुन्त सम्बोधन गर्न भनिएको बताए । कुनै पनि मजदुर अन्यायमा पर्न नहुने भनाई राख्दै मजदुरका मागहरु सम्बोधन गर्न सबै उद्योगलाई सूचना जारी गरेको जिकिर उनले गरे । यता नगरपालिकाले शुक्रबार नै न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धी सूचना समेत जारी गरेको छ ।
यता यशोधा फुड्स प्रा.लि.का प्रतिनिधि गणेश भट्टले कामदारहरुको ठेकेदार पक्षलाई ठेक्का दिएको भन्दै पन्छिना खोजेका छन् । कर्मचारी आन्दोलन गरे सम्झौता ठेकदार पक्षसँग सम्झौता भंग गर्ने धम्की दिएका छन् । कामदारसँग उद्योगको कुनै सम्बन्ध नरहेकोले व्यवस्थापन गर्ने काम ठेकदार पक्ष रहेको उनले जिकिर गरे ।
फुड्स प्रा.लि कमदार व्यवस्थापन गर्ने जिम्मा पाएको अंिगता मेनपावर पक्षका अर्जुन चौधरीले आन्दोलनरत कमदारसँग छलफल गरि निकास निकाल्ने बताए । आन्दोलनबारे जानकारी नभएको बताउँदै जानकारी पाउनसाथ माग सम्बोधन गरि काममा फिर्ता गराउने तयारी भएको उनले बताए ।


प्रतिक्रिया