Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजमा स्थापना गर्ने भनिएको यातायात व्यावस्था सेवा कार्यालयमा बाणगंगाको आखा लाग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा स्थापना गर्ने भनी संघिय मन्त्रालयमा माग गरेको यातायात व्यवस्था सेवा कार्यालयलाई बाणगंगाले आखाँ लगाएको छ । शिवराज नगरपालिकामा कार्यालय बनाउने भनेर प्रदेश ५ का भौतिक तथा योजना मन्त्रि बैजनाथ चौधरीले एक कार्यक्रमका विच घोषणा गरी स्थान समेत अवलोकन गरेका थिए । कपिलवस्तु र अर्घाखाँचीका सेवाग्रहीलाई सेवा दिने किसिमले उपयुक्त स्थानका रुपमा शिवराज नगरपालिका रहेको भन्दै कार्यालय स्थापना गरिने घोषणा सगै नगरपालिका बासी लगायत कपिलवस्तु बासी हर्षित भएका थिए ।
प्रदेश नं. ५ का भौतिक योजना मन्त्रि चौधरीले शिवराजमा कार्यालय स्थापना गर्ने वचन दिए पछी स्थापनाको लागी संघिय मन्त्रालयमा पहल गरेका थिए । अहिले बाणगंगाको कपिलवस्तु उद्योग वाणिज्य संघले कार्यालय संचालनका लागी भवन दिने निर्णय गरे पछि यातायात व्यवस्था सेवा कार्यालय लागि खिचातानी गर्न खोजेको जिल्ला बासीको ठम्याई छ ।
प्रदेश ५ सरकारले चन्द्रौटामा यातायात व्यवस्था सेवा कार्यालय संचालनका लागी उपयुक्त भएको निर्णय गर्दै कार्यालय संचानलका संघिय मन्त्रालयमा समेत पत्राचार गरिसकेको छ । तर संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ओएनम(संगठन संरचना) नगरेको कारण ढिला भएको प्रदेश ५ प्रदेश सभा सदस्य अर्जुन के.सी.ले बताए । कार्यालय संचालनका लागी भौतिक संरचना समेत भएको नलकुप सिचाईको कार्यालय उपयुक्त भएको प्रदेशले समेत निर्णय गरेको उनले बताए ।
यता बाणगंगाको कपिलवस्तु उद्योग वाणिज्य संघले यातायात व्यवस्था सेवा कार्यालय संचालनका लागी भवन दिने निर्णय भएको संघका अध्यक्ष उमानाथ पौडेलले बताए । संघले यातायात व्यवस्था सेवा कार्यालयको स्थायी ठाउँ र भौतिक पूर्वाधार तयार नहुदाँ सम्म कार्यालय संचालन गर्न आफ्नो भवन दिने निर्णय गरेको उनले बताए ।
कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा सवारी साधनहरु धेरै रहेको अर्घाखाँचीका सेवा ग्राहीहरुलाई समेत सहजै पहुँच पुग्ने भएकोले शिवराजमा यातायात व्यवस्था सेवा कार्यालय संचालन गर्नु पर्ने अर्घाखाँची बासीहरुको समेत माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma