Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गुलेरि हत्याकाण्ड : सात जना मध्ये चार जना पक्राउ

कपिलवस्तुमा एक जनाको हत्या गरेको आरोप लागेका सात जना मध्ये चार जना पक्राउ परेका छन् । प्रहरीले एक फरार आरोपितलाई पक्राउ गरेसगै चार जना पुगेका हुन । शिवराज नगरपालिका नगरपालिका वडा नं ४ गुलेरीबाट आइतवार हत्याको आरोपमा फरार रहेका ओमप्रकाश अहिरलाई प्रहरीले पक्राउ गरेको हो ।
गत बैशाख २५ गते दुई यादव परिवार विच झगडा हुँदा गुलरीका २८ बर्षीय ओम प्रकाश यादवको घरेलु हतियार प्रहारबाट उपचारको क्रममा मृत्यु भएको थियो । ओम प्रकाशको टाँउकोमा गहिरो चोट लागेपछि बुटवल प्रादेशीक अस्पातालमा उपचारको क्रममा जेठ १ गते मृत्यु भएको थियो । उक्त घटनावाट पिडित यादव परिवारले सात जना विरुद्ध वडा प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । झगडा हुने दिन ७० बर्षिय दुलारे अहिर र ४५ बर्षका बल करण अहिर पक्राउ परेका थिए । त्यस्तै साउन ९ गते १९ वर्षीय संजयकुमार यादव पक्राउ परेका थिए ।
गाँउमा लुकिछिपि बसिरहेको अवस्थामा फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । ओमप्रकाश यादवको हत्या गरेको अभियोगमा दोषी ठहर रहेका शिवराज नगरपालकिा वडा न ४ गुलेरीका अन्य ३ जनाको खोज तलास जारी राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma