काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकीमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रतिक्रिया