Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

वैदेशिक रोजगारीबाट स्वादेश फर्किएका थारु युवा बंगुर पालनमा ।।

राम अवतार चौधरी
कपिलवस्तु, १७ भदौ ।

गत चैत महिना देखि बन्दाबन्दीका कारणले गर्दा कतिलाई घरबार बिहिन त धेरैलाई बेराजगार बनाएको खबर दिनहुँ सुन्दा मनै खिन्न भएर आउँछ । हुन त कृषि प्रदान देश भनेर नेपाललाई नै चिनिन्छ । तर सरकार पक्षबाट कृषि क्षेत्रमा लगानी हुदैँ आएको भनिए त पनि प्रभावकारी बन्न सकेको छैन् । लकडाउन भन्दा पहिला हजारौँ स्वादेशी युवा दिनहुँ वैदेशिक रोजगारीका शिलशिलामा प्लायन हुने गरेका देखिन्थे । त्यही रोजगारीकै खोजिमा कयौँ युवा ज्यान गुमाउन पुगेको घटना हाम्रै समाज उदाहरण बन्न पुगेको छ । तसर्थ सोही घट्ना सामाजिक परिवेशमा नदोहरियोस् भनेर नेपाली युवा पुस्ताले सोँच्नु जरुरी रहेको देखिन्छ ।

कतिपय वैदेशिक रोजगारीबाट स्वादेश फर्किएका युवाले खाडीमुलूकमा भोगेको दुःखलाई स्मरण गर्दै आफ्नै गाउँघरमा परिवारसँगको सारर्थी बनेर “थोरै खाउँ मिठो खाउँ” भन्ने उदाहरण समेत बनेको पाईन्छन् । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३, मदवाका ४२ बार्षिय युवा करिब २ दशक वैदशिक बसाई पछि स्वादेश फर्किएका रमेश थारु आफ्नै बंगुर पालन व्यवसायमा रमाउँदै आएका छन् । विदेशबाट फर्किएको करिब २ बर्षपछि अरुको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने योजना बनाएर गर्दा यस पेशामा गत आर्थिक बार्षिक झन्डै १६ लाख रुपैयाँ आम्दानी गर्दै आएको उनले बताए ।

गाउँघरमा साथीभाईले पालेको देख्दा सुरुमा ३ वटा बंगुर पालेर अनुभव लिएको बताउँदै राम्रो कमाई हुने देखे पछि खोर लगायत थप रकमको व्यवस्थापन गर्दै गर्दा २०७३ सालमा नगरपालिकाबाट ३० हजार अनुदान परेको थियो । त्यसले गर्दा आफूलाई थप प्रोत्सहन भएको जनाउँदै अझ राम्रो आम्दानी हुनुका साथै स्थानीय सरकारबाट पाएको सहयोग उल्लेखनिय रहेको थारुले बताए । यसैक्रममा व्यवस्थित गर्दै जाँदा २०७५ मा पुनः ४ लाख अनुदान प्रदेश सरकारबाट परेकाले झनै उत्प्रेरण थपिएको छ । अझै सम्म आफूले कँहि कतैबाट तालिम नलिएको इन्टरनेट र यूटुवको सहायताले वातावरण सहज बनाएको जसले गर्दा आफूले हाल सम्म २० वटा बंगुरको दाना लगायतका व्यवस्थापन गरिरहेको उनले जनाए ।

यस व्यवसायमा १ बर्ष सम्म लगानी गर्दै जानु पर्ने हुन्छ त्यस अवधिमा दाना लगायतको व्यवस्थापन गर्न कठिनाई बेर्होनु बताए । थारुले आफू यस पेशा गर्दै गर्दा आफन्ताजन तथा छरछिमेकीले फोहरी काम गर्ने गरेका भन्दै घृर्ण समेत गर्ने गरेको जनाए । अझै कहिँ कतैबाट सहयोग पाए आफ्नो व्यवसायलाई विस्तार गरि गाउँघरका युवाहरूलाई रोजगार दिनुका साथै सिपमुलक कृषिको विकास गरि आत्मनिरभर बनाउने योजना रहेको थारुले बताए ।

व्यवसायमा रमाउँदै गरेका थारुको घरमा बुवा, ३ छोराछोरी, श्रीमति र आफू सहित ६ जना परिवार छन् तिनीहरुलाई पालन व्यवसायले सहज भएका उनले बताएका छन् । उनले आफूलाई आवश्यक परेका बंगुरका बच्चा दाङबाट ल्याउने गरेका छन् । बेलाबखतमा घर परिवारले सघाउने गरेकाले आफू बंगुर हेरचाहमा दिनको ४ घण्टा समय दिएर बाँकी समय सामाजिक क्रियाकलापमा अग्रसर भएर बिताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma