मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको आफ्नै आइशोलेशन अस्पताल संचालनमा आएको पाँचौ दिनसम्म पनि रित्तै रहेको छ । गत सोमबार निकै हतारका साथ समुद्घाटन र संचालनमा ल्याइएको आइशोलेशन अहिले खाली रहेको छ ।
त्यसो त शिवराज नगरपालिकामा कोभिड १९ कोरोना भाइरस संक्रमित विरामी नभएर आइशोलेशन रितै भएको भने होइन । हाल शिवराजमा कोरोना सक्रिय संक्रमित ३ जना रहेका छन । संक्रमिलाई विगतका दिनमा खरेन्द्रपुरमा रहेको आइशोलेशनमा राखिदै आएको भए पनि सोमबार यता संक्रमितलाई अहिले नगरले संचालन गर्दै आएको राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मापदण्ड अनुसार क्वारेन्टाइन र आइशोलेशन अलग्गै हुनुपर्छ तर स्वास्थ्य मापदण्डको उल्घन गर्दै क्वारेन्टाइनमा नै कोरोना संक्रमितलाई राखिदा क्वारेन्टाइनमा रहेका अहिले त्रासित भएका छन । एउटै प्राङ्गण भित्र क्वारेन्टान र आइशोलेसन संचालन गर्दा अन्य व्याक्तिलाई पनि कोरोना सर्न सक्ने भन्दै क्वारेन्टाइनमा बस्दै आएका त्रासित भएका हुन । क्वारेन्टाइमा बसेका गिरी सापकोटाले संक्रमितलाई पनि ल्याएर राख्दा आफुहरु असुरक्षित रहेको बताउनु भयो ।
नगरले संचालनमा ल्याएको आइशोसन अस्पतालमा अझै सरसफाइ लगायत अन्य काम बाँकी रहेकोले संक्रमितलाई राख्न नसिकएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताउनु भयो । ५ दिनमा सबै काम सकिने जनाउँदै, उनले सम्पूर्ण काम सकिए पछि संक्रमितलाई आइशोलेशनमा नै राखिने बताए । अहिले राष्ट्रिय मा.वि.को अगल अगल भवनमा संक्रमित र बाहिरबाट आएकालाई सुरक्षित तबरले राखिएको भट्टराईले बताए । अलग्गै भवन भान्छा र शौचालय भएकाले त्रासित हुनु नपर्ने उनले बताए ।
नगरले संचालनमा ल्याएको क्वारेन्टाइनमा सरसफाइ नभएको समेत सापकोटाले गुनासो गरेका छन । क्वारेन्टाइनको दुर्गन्धित शौचालय, जथाभाविको फोहोर मैलाले अन्य रोग पनि सर्न सक्ने उनले बताए । क्वारेन्टाइन सरसफाइमा नगरपालिकाले खासै चासो नदिएको उनले गुनासो गरे । नगरपालिका स्वास्थ्य शाखाले बुधबार मात्रै क्वारेन्टाइन व्यवस्थापनका लागि स्वास्थ्य कर्मि लेखनाथ पौडेल र आशोलेशन व्यवस्थापनका लागि स्वास्थ्य कर्मि विष्णु क्षेत्रीलाई जिम्मेवारी दिएको छ । अब नयाँ जिम्मेवारी पाएका स्वास्थ्य कर्मिले उचित व्यवस्थापन गर्ने शिवराज स्वास्थ्य शाखाले जनाएको छ ।
प्रतिक्रिया