ललितपुर – ललितपुरका विभिन्न ठाउँमा अबको छ दिनसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ ।
मछिन्द्रनाथको रथ तान्ने विवादपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले हिजो कर्फ्यु लगाएको क्षेत्रमा अबको छ दिन मानिसहरुलाई भेला हुन रोक लगाएको हो । ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन नपाइने भनिएको छ ।
यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र अर्थात पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन नपाइने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया