Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजका व्यवसायी द्धारा लक डाउनको विकल्प खोज्न माग


मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिकाका व्यापारी व्यवसायीहरुले यहि भाद्र २२ गते पछि लक डाउनको विकल्प खोज्न माग गरेका छन । नगरका व्यवसायीहरुले संयुक्त अपिल गर्दै लक डाउनको विकल्प खोज्न माग गरेका हुन ।
नगरका ५३ जना व्यवसायीहरुले कोभिड १९ कोरोनाका कारण पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगातार जारी गर्दै आइरहेको लक डाउनको अब विकल्प खोज्नु पर्ने भन्दै संयुक्त अपिल शिवराज नगरपालिका, इलाका प्रशासन कार्यालय चन्द्रौटा र जिल्ला प्रशासन कार्यालय तौलिहवामा बुझाएका छन । व्यवसायिहरुले विश्व भरी फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिममा रहेको अवस्था हुदाँ हुदै पनि यसको असरका कारण लम्बिएको लकडाउनले उद्योग व्यवसाय क्षेत्र दिनानुदिन नाजुक र गम्भिर अवस्था बन्दै गएको बताएका छन । लगातार लकडाउन बढ्दै जादाँ आर्थिक गतिविधी ठप्प भई चरम अभाव भोक र व्यवसायिक तनाव बढ्दै गइरहेको अपिलमा उल्लेख गरेका छन ।स्वास्थ्य सेवाको स्तर उन्नती परिक्षणको दायरा बृद्धि र पूर्वाधार विकासको सट्टा लकडाउन लाई मात्रै निर्वीकल्प ठानेर लकडाउनले समस्या समाधान नहुने भएकाले यसको विकल्प खोज्नु पर्ने व्यवसायीहरुले माग गरेका छन ।


शिवराज नगर प्रमुख नेत्रराज अधिकारीलाई संयुक्त अपिल बुझाउदै विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड पालना गर्दै व्यापार व्यवसाय संचालन गर्नु पर्ने अन्यथा व्यवसायीहरु पलायन हुने अवस्था आउने युवा व्यवसायी सरोज पौडेलले बताउनु भयो । भाद्र २२ गते पछि पनि विकल्प नखोजि लकडाउनलाई नै निरन्तरता दिए भाद्र २३ गते बाट व्यवसायिहरुले स्वर्तस्फूर्त स्वास्थ्य मापदण्ड पालन गर्दै व्यवसाय संचानल गर्ने समेत उहाँले बताउनु भयो ।
लकडाउनले सबै समस्या समाधान नभएको र व्यवसायीहरुलाई यसले नराम्रो असर पारेकोले यसको विकल्प खोज्नु पर्ने पक्षमा आफु समेत रहेको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । व्यवसायीको मागलाई जिल्ला प्रशासनमा हुने छलफलमा आफुले उठाउने र त्यस पछि जे निर्णय हुन्छ सोहि अनुसार अगाडी बढ्ने अधिकारीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma