कपिलवस्तुमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । शुक्रवार दिउँसो कृष्णनगर नगरपालिका–१ मडहा स्थित पोखरीमा डुबेर १४ वर्षीय बालकको भएको छ । कृष्णनगर नगरपालिका १ मडहा घर भएका फग्गू डफालीका १४ वर्षीय छोरा खुर्शीद डफाली रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । बाख्रा चराउन गएका खुर्शीद पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ । शवलाई पोष्टमार्टम गर्ने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया