अर्घाखाँचीको शितगंगा नगरपालिकामा १८ वटा घरगोठ पहिरोमा पुरिएका छन् ।शितगंगा नगरपालिका वडा नम्बर–१२, कोठियामैदानमा जमिन भासिएर पहिरो जाँदा १८ घर पुरिएको वडा नम्बर–१२ का वडाअध्यक्ष बाबुराम गैरेले जानकारी दिए । ४० घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको पनी उनले बताए । घटनामा कुनैपनी मानविय क्षती भएको छैन ।
जमिन भासिएका कारण थप घरगोठमा जोखिम रहेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिए । ‘माथीबाट सुख्खा पहिरो खसिरहेको छ, प्रहरी निरिक्षक बस्नेतले भने,‘जमिन भासिएर घरहरु पुरिरहेका छन्, मानिसलाई सुरक्षित स्थानमा सारेका छौं ।’
माथीबाट झरेको पहिरो नरोकिएकाले जोखिम कायमै रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिरहेका छन् । विस्थापित भएका घरपरिवारलाई गौरा मावी रजिया र कोठियामैदान मन्दिरको समथर जग्गामा राखिने नगरप्रमुख सुर्य अधिकारीले बताए । वैकल्पिक व्यवस्था नभएसम्मका लागी दुई ठाउँमा व्यवस्थापन गरिने उनको भनाई छ ।
मानविय क्षती नभएपनी घरमा रहेको नगद, जिन्सि, अन्नपात, पशु चौपाया सबै पुरिएका प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले घरहरु पुरिने संख्या बढ्न सक्ने प्रहरीको भनाई छ
प्रतिक्रिया