Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भेटघाट तिब्र,जित नजिक छु :मियाँ

नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्यका उम्मेदवार जमशेर अलि मियाले विभिन्न शाखाका अध्यक्ष सँग भेटघाटलाई तिब्रता दिनुभएको छ । उद्योगी र ब्यवसायीको हितको लागि प्रदेश तर्फ बाट केन्द्रिय सदस्यको उम्मेदवारी दिएको बताउँदै जित पक्का रहेको जनाउनुभयो ।
बर्दियाको गुलरीय राजपुर , दाङको तुलसीपुर घोराही लमही र प्युठानको बागदुला उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु सँग भेटदै भोट माग्नुभएको छ । दलिय र जातिय भन्दा पनि माथि उठेर व्यापारीको हक अधिकारको लागि काम गर्ने प्रतिबद्धता जनाउदै कुशल नेतृत्व चयन हुनुपर्ने जनाउनुभयो ।


उहाँले उद्योग वाणिज्य महासंघको आगामि नेतृत्वले देशको अर्थ व्यावस्था परिवर्तन गर्न सक्ने भएकोले कुशल तथा क्षमतावान व्यक्तिलाई चयन गर्न जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका २० शाखाका पदाधिकारीहरुसँगको छलफल गरेर उम्मेदवारी दिएको घोषणा गरेको जनाउनुभयो । प्रदेशका धेरै भन्दा शाखा अध्यक्षहरुले भोट गर्ने प्रतिबद्धता पाएको भन्दै आफु जितको नजिक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma