Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लैगिक हिंसा बिरुद्ध ¥याली

माधव बेल्बासे
कपिलवस्तः कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा लैगिक हिंसा बिरुद्ध सडक ¥याली सम्पन्न भएको छ । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा महिलाहरु अधिकार सम्पन्न हुनुपर्ने हिंसा गर्ने अधिकार कसैलाई नभएकोले सचेतना अभियान संचालन भइरहेका छन् ।
शिवराज नगरपालिकाको सहयोग र दियालो नेपालको आयोजनामा संचालन भएको छ । आज भएको ¥याली कार्यक्रममा विभिन्न चेतनमुलक सन्देश लेखिएका प्ले कार्ड प्रर्दशन गरेका थिए । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले विभिन्न बाहानामा महिलाहरु हिंसामा परिरहेका घटना आइरहने भएकोले जागरुक हुनुपर्नेमा जोड दिनुभयो । १६ दिने अभियानले मात्र नपुग्ने भन्दै उपप्रमुख थारुले प्रत्येक दिन महिलाहरु सवालमा निडर भएर लाग्नुपर्ने बताउनुभयो । लिंगकै आधारमा धेरै हिंसाहरु हुने भएकाले हिंसा गर्ने छुट कसैलाई पनि नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा दियालो नेपालका पुर्व अध्यक्ष तथा महिला अधिकारकर्मी मिना परियारले अधिंकाश महिलाहरु पुरुष बाटै हिंसामा परेको बताउनुभयो । मदिरापान सेवन, दाइजो प्रथा,बोक्सी लगाएत विविधि कारणले महिलाहरु अपहेलित भएर बस्नुपर्ने वाध्यता रहेको जनाउनुभयो । हिंसामा परेका महिलाहरुले लुकाएर बस्नु भन्दा अधिकारको लागि लड्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष राम बहादुर चौधरी लगाएत जनप्रतिनिधिहरु,स्थानियहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma