Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेपाल आदर्श बहुमुखी क्याम्पसमा बस संचालन

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,२५ मंसिर
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा बस सेवा सुरु गरिएको छ । लम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको रु २५ लाखको लागतमा ३७ सिट क्षमता भएको बस संचालन गरिएको हो । क्याम्पसमा अध्यानरत विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले बस संचानलमा ल्याइएको क्याम्पस संचालक समितिका अध्यक्ष लंक हमालले बताउनुभयो । बस संचालन भएपछि विद्यार्थीहरुको संख्य बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बिहिवार बसको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले क्याम्पसको संरचना भन्दा शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । कम विद्यार्थीहरु भएका क्याम्पसलाई बन्द गर्ने तथा मर्ज गर्ने सरकारको तयारी रहेकोले कसरी विद्यार्थीहरुको संख्या बढाउने भन्ने विषयमा केन्द्रिय हुनुपर्ने बताउनुभयो । बर्षेनी प्रदेश सरकार र स्थानिय सरकारले क्याम्पसका लागि बजेट बिनियोजन गरेको बताउँदै संरचनाहरु बनेकोले अब गुणस्तरमय ध्यान दिन आग्रह गर्नुभयो । प्रदेशका उत्कृष्ट क्याम्पसहरुको अवलोकन गरेर सोहि अनुसार काम गर्नुपर्ने बताउनुभयो । बस सेवाको सदुपयोग गरी शिक्षाको कोशेढुङ्गाको रुपमा विकास गर्नुपर्ने जनाउनुभयो ।
क्याम्पसका संस्थापक अध्यक्ष तथा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा पढन बाहिर जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । शिवराज नगरपालिका,बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका विद्यार्थीहरुलाई समेटन सकेमय क्याम्पस संचालन गर्न कठिनाई नहुने जिकिर गर्नुभयो । शिवराज नगरपालिकाको लागतमा रु १० लाखमा क्याम्पस परिसरमा ब्लक बिछ्याएको र व्याडमिन्टन कार्ट निर्माण गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । शिवराज नगरउपप्रमुख शिवकुमारी थारु,पुर्व क्याम्पस प्रमुख नवराज पाण्डेय,भवनराज पौडेलले क्याम्पसको सफलताको कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma