कृष्ण गैरे , पौष ०५ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालीका ५ नौडिहवा वुद्धनगरमा सामुदायिक भवनको उदघाटन गरिएको छ । गांउमा हुने विविध छलफल तथा कार्यक्रमहरुको लागी सामुदायिक भवनको निर्माण पश्चात आज उदघाटन गरिएको हो । स्टोम फाउण्डेशन , किर्डाक नेपालको सहयोगमा निर्माण गरिएको भवन शिवराज नगरपालीका वडा न ५ का वडा अध्यक्ष अर्जुन वहादुर पाण्डले रिवन काटेर उदघाटन गर्नुभएको हो । भवनको उदघाटन गर्दै वडा अध्यक्ष पाण्डेले सानो लगानीमा पनि आकर्षक भवन वनाउन सफल भएकोमा स्थानीयलाई धन्यावाद दिनुभयो ।
वुद्धनगर गांउ विकास निर्माणका हिसावले पछाडी परेको जनाउदै आगामी दिनमा गांउको विकासको लागी लगानी वढाउने आश्वासन दिनुभएको छ । भवनको सहि तरिकाले संरक्षण गर्दै गांउमा हुने तालीम , छलफल वैठक लगाएतका कामहरु यसैवाट गर्न पनि सुझाव दिर्नुभएको छ । कुल २ लाख ७८ हजारको लगानीमा भवन निर्माण सम्पन्न भएको टोल सुधार विकास समितिका अध्यक्ष एम वी सुनारले जानकारी दिनुभयो ।
किर्डाक नेपालको २ लाख १५ हजार र अरु स्थानीयको जनश्रमदानवाट दुई कोठे सामुदायिक भवन र सौचालय निर्माण गरिएको अध्यक्ष सुनारले वताउनुभएको छ । टोलीवासीको मेहन्तले गर्दा सानो लगानीमा पनि आर्कषक भवन वनाउन सफल भएको उहांले वताउनुभएको हो । अध्यक्ष सुनारले भवनको सजावट खानेपानीको व्यवस्थापनको काम पनि गर्ने तयारी रहेको वताउनुभएको छ ।
कार्यक्रममा किर्डाक नेपालका सुपरभाईजर विनोद केवट ,स्थानीय समाजशेवी रामप्रसाद वेल्वासे , टिका वुढा मगर , पार्वती कडेल लगाएतको उपस्थीती रहेको थियो । एक सय जना भन्दा वढिको सहभागीता रहेको कार्यक्रममा अध्यक्ष एमवी सुनारले लागत खर्च सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया