माधव बेल्बासे
कपिलवस्तु (चन्द्रौटा),७ पुष
शिवराज नगरपालिका वडा न ३ ले लोकप्रिय काम गरेका छ । वडामा रहेका ५ कक्षा सम्म अध्यानतर गर्ने बालिबालिकालाई न्यानो कपडा बितरण गरेपछि चौतर्फि प्रशंसा भएको छ । वडा न ३ ले वडामा रहेका ८६१ विद्यार्थीलाई न्यानो स्वीटर बितरण गरेको छ । वडामा रहेका ८ वटा विद्यालयमा कक्षा ५ सम्म अध्यानरत विद्यार्थीहरुलाई स्वीटर बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
मंगलवार मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै सापकोटाले चिसो मौसम बढेसगै विद्यार्थीहरुलाई सहज होस भन्ने उद्देश्यले बितरण गरिएको उहाँले बताउनुभयो । ६ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अध्यानरत रहेको बालबालिकाहरुलाई लक्षित गरेर वार्षिक कार्यक्रम राखिएको उहाँले जनाउनुभयो ।
निम्न वर्गका विद्यार्थीहरु जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने समस्या हुन सक्ने र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव पर्ने भएकोले न्यानो कपडा वितरण गरिएको सापकोटाले बताउनुभयो । अध्यक्ष स्वयम आफै विद्यालयमा पुगेर न्यानो कपडा बितरण गरेपछि विद्यार्थीहरु खुशी भएका छन् ।
महामारीको समयमा बालबालिकाहरुलाई चिसोको कारण झन जोखिम भएकोले यस समयमा अभिभावक सर्तक रहनुपर्ने बताउनुभयो । विद्यायलको विकासमा आफु निरन्तर लागि परेको र मदरसामा अध्यान गर्ने बालबालिकाहरु पछाडि परेको बताउदै जाडोको समयमा यस कार्यले केहि टेवा पुग्ने बताउनु भयो । स्वटीर बितरण गर्न विद्यालय पुग्नुभएका वडा अध्यक्ष सापकोटाले विद्यालयमा शिक्षाको गुणस्तरीयता कायम गर्न आग्रह गर्नुभयो । वडाले न्यानो कपडा बितरण गर्नको लागि रु २ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो ।
प्रतिक्रिया