Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

संसद विघटन जनादेशको उपहास ः काग्रेस नेता शाह

कृष्ण गैरे , पौष ०९ कपिलवस्तु
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले संसद विघटन असंवैधानीक भएको वताउनुभएको छ । नेता शाहले संसद विघटन गर्नु भनेको असंवैधानीक र अलोकतान्त्रीक अभ्यास भएको वताउनुभएको हो । कपिलवस्तुको शिवराज नगरपालीका ५ नौडिहवा वुद्धनगरमा भएको खानेपानी सिल्यान्स कार्यक्रमलाई संवोधन गर्दै नेता शाहले प्रधानमन्त्रीको कदमले नेपाली जनताले दिएको जनादेशको उपहास भएको र अवको निर्वाचनमा मुल्याङकन गर्नुपर्ने वताउनुभएको छ ।.
संसदको समय दुई वर्ष वांकी रहेका वेला प्रधानमन्त्रीले संसद विघटन गरि निर्वाचनमा जाने निर्णयले मुलुकको अर्थतन्त्र धरासयी हुने टिप्पणी गर्नुभएको छ । उहांले विश्वमा सफल नभएको कम्नीयुष्ट शासन नेपालमा पनि असफल भएको समेत आरोप लगाउनुभएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र न ३ का सांसद समेत रहनुभएका नेता शाहले नेपाली कांग्रेस सर्वोच्चको अदालतको निर्णयको प्रतिक्षामा रहेको वताउदै संसद पुर्नस्थापना नभए निर्वाचनमा जान पनि तयार रहेको वताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता अजय थापाले झण्डै दुई तिहाई मत पाएर पनि राज्य संचालन गर्नु नसक्नु नेकपाको लागी लाजमर्दो भएको वताउनुभएको छ । नेता थापाले नेकपा सरकारले स्थानीय तह देखि केन्द्र सम्म नै जनभावना विपरीत काम गरिरहेको वताउनुभएको छ । किर्डाक नेपालको सहयोगमा नौडिहवाको वुद्धनगरमा निर्माण हुन लागेको खानेपानी योजनाको आज सांसद शाहले शिल्यान्स गर्नुभएको छ ।
साथै सांसद शाहले संसद विकास कोषवाट सडक निर्माणको लागी दिएको रकमवाट निर्माण भएको सडकको पनि अनुगमन गर्नुभएको छ । कार्यक्रममा स्थानीय समाजशेवी रामप्रसाद वेल्वासे , जिवलाल विंक , किर्डाक नेपालका विनोद केवट , ईन्दु थारु लगाएत एक सय भन्दा वढिको सहभागीता रहेको थियो । कार्यक्रम टोल विकास समीतीका अध्यक्ष एमवी सुनारको अध्यक्षमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma