Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेकपा प्रचण्ड–नेपाल पक्षको जिल्ला भेला गोरुसिगेंमा

जनताको मतलाई सम्मान गर्नुपर्छ ः पूर्वमन्त्री खनाल
चन्द्रौटा,१२ पुस
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तषा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेब जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने बताउनुभयो । जनताले बहुमत सहित सरकारमा पठाएकोले कुशलतापूर्वक सरकार संचालन गरी नागरिकहरुका आंकाक्षा अनुसार काम गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको रहेकोले यसम कसैले अवरोध गर्न नहुने बताउनुभयो । आईतवार नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केपी शर्मा ओली अहिले संसद बिघटन गरेर स्वघोषित प्रधानमन्त्री भएको बताउनुभयो । दुई ठुला शक्तिहरु एक भएर जनता सँग गएकोले जनताले पूर्ण बहुमत दिएको उहाँले बताउनुभयो ।


नेकपाको केन्द्रिय सदस्य तथा कपिलवस्तुका जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेले संविधान र गणतन्त्र नेपाली जनताले रगत सँग साटेर ल्याएको हुनाले यसलाई बिघटन गर्ने अधिकार कसैलाई नरहेको बताउनुभयो । केपी ओलीलाई सच्याउनको लागि आफुहरु सडकमा आएको बताउँदै जनाआदेशलाई सम्मान गरी सविधानअनुसार काम गर्न सुझाव दिनुभयो । नेपाली जनताको ईच्छा विपरित काम गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको बताउँदै कसको ईसारामा चलेको भन्ने अहिलेको प्रश्न रहेको बताउनुभयो । केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले बहुमत केन्द्रिय सदस्य सहितको टोली निर्वाचन आयोगमा पुगेकोले नेकपाको अधिकारीक पार्टी नै यहि रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले लामो समय सम्म सरकार अस्थीर भोगेका नागरिकहरुले संविधानमा स्थायी सरकारको लागी लेखिएको प्रवधानहरुलाई अहिले को प्रधानमन्त्रीले संविद्यानको बर्खिलाप गरेको बताउनुभयो । जनताले दिएको मतलाई अपहेलित गरि संसद विघटन गर्नु गलत कदम रहेको बताउनुभयो ।।
भेलामा नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले प्रचण्ड–माधव समूहको बहुमत रहेको दावि गर्नुभएको छ । शाहका नुसार जिल्लाका बहुमत सचिवालय र बहुमत जिल्ला सदस्यहरु भेलामा उपस्थिती रहेको थियो । भेलामा पार्टी स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’, केन्द्रिय सदस्य गिरधारीलाला न्यौपाने, डोर प्रसाद उपाध्याय, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी लगायतले सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma