Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ओलिको व्यक्तिवादी प्रवृत्तीले पार्टि फुट्यो : मन्त्री बराल

दिपक के.सी. कपिलवस्तु पौष २१

कपिलवस्तुको शिवराज नगरपालिमा आयोजित अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि सुदर्शन बरालले प्रधानमन्त्रीको मनपरी प्रवृत्तीका कारण पार्टि फुट भएको बताएका छन । जनताको जनमतलाई कुल्चिएर ओलीले असबैधानिक कदम चालेको हुनाले जनताले फेरी आन्दोलन गर्नु पर्ने समय आएको उनले बताए । ओलीले सरकारलाई पार्टि भित्रैबाट काम गर्न दिइएन भन्ने झुटको खेति गर्दै आइरहेको मन्त्रि बरालले बताए । आफै पार्टिको अध्यक्ष आफै प्रधानमन्त्री अनि काम गर्न पार्टि भित्रबाट दिइएन भन्दै संसद विघटन गर्ने ओलि प्रवृतीका कारण पार्टि फुटमा पुगेको उनले बताए । आधि आधि कार्यकाल प्रधानमन्त्रि बन्ने भन्ने सहमति भए पनि प्रचण्डले पार्टि र देशका निम्ती पद त्याग गरेर ओलिलाई ५ बर्षे प्रधानमन्त्री बन्न पठाएको तर ओलिले आरोप प्रत्यारोपको खेति गर्दै पार्टि फुटाएको बताए । मान्छेको आवरणले व्यक्तिको नियत बुझ्न नसकिने हुदाँ पार्टि एकता पछि यो दुर्घटना हुन गएको मन्त्रिले बताए ।

अहिले अवसरबादिहरु ओलिको झुण्डमा मिसिएको र ओलिले डामेर पद बड्दै गएको उनले उल्लेख गरे । अगुवा कार्यक्रर्तालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले ओलीले आफ्नै मनमौजि तरिकाले जनमतलाई लत्याएको बताए । सस्तो लोकप्रियताका लागी पार्टिले काम गर्न दिएन भन्दै हिडेको जनाए । ओलीले आफुमाथी लागेको राजनितीक आरोपको सफाइ गर्न डराएर संसद विघटन तर्फको कदम बढाएको नेता न्यौपानेले बताए ।अहिले प्रचण्ड —माधव नेपाल नेकपाको विरुधमा नभइ ओलिको विरुद्धमा सडकमा आएको बताए । गणतन्त्रको गला निमोठ्ने र राजतन्त्र पर्काउर्ने ओलिको षडयन्त्र बुझेर यसको विरुद्धमा सडकमा आन्दोलनमा आउनु परको न्यौपानेले बताए ।

नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थि ,नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, प्रदेश कमिटि सदस्य क्षेत्र बहादुर खत्री, नेकपा युवा नेता कमल भट्टराई,अनेमसंघ केन्द्रिय सदस्य सचिवालय सदस्य सन्तोषी पाण्डेले प्रशिक्षण दिएका थिए । नेकपा जिल्ला सल्लाहकार परिषद सदस्य ओमप्रकाश कुर्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेकपा नगर कमिटी सचिवालय सदस्य चिन्ता परियारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma