Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

स्वेयंमसेविकाहरुलाई उपहार “दराज”

माधव बेल्बासे
कपिवस्तु चन्द्रौटा
अन्य वडाको तुलनामा फरक काम गरेर चर्चामा आइरहेको शिवराज नगरपालिका वडा ३ ले फेरी अर्का नमुना काम गरेको छ । वडाले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गरिरहेको बेला स्वेयमसेविकाहरुलाई वडाले यस वर्ष भने उपहार स्वरुप दराज प्रदान गरेको छ । स्थानिय तहको निर्वाचन भएपश्चात प्रत्येक वर्ष स्वयंसेविकालाइ विभिन्न उपहारहरु वडाले दिइरहेको छ । निर्वाचन भएको सुरुको वर्ष टर्च लाईट प्रदान गरेको थियो भने दोस्रो वर्ष उपहारमा बाक्सा प्रदान गरेको थियो । सामाजिक क्षेत्रमा कृयशिल भएर लाग्ने स्वास्थ्य स्वयंसेविकाहरु आफ्ना सामाग्रीहरु राख्न सजिलो होस भन्ने उद्देश्यले उपहारको कार्यक्रम ल्याइएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेका १० जना स्वास्थ्य स्वयंसेविकालाइ एक,एक थान दराज उपहार वितरण गरेको सापकोटा बताउनु भयो ।
महामारीको समयमा पनि स्वास्थ्य क्षेत्रमा हरेक वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा सन्देश पु¥याउने संवाहकका रुपमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई छनोट गरी दराज वितरण गरेको अध्यक्ष सापकोटो बताउनु भयो । वडाले स्वयंसेविकालाइ दराज प्रदान गरेकोको स्वयंसेविका सीमा जिसीले वडालाई धन्यवाद दिनुभयो । निरन्तर वडाका नागरिकहरु सँग जोडिएर काम गरिरहेको बताउदै स्वयंसेविकालाइ प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु गर्नुपर्ने उहाँको भनाई छ । वडाले दराज दिएपछि स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma