लुम्बिनी प्रदेशका मुख्यमन्त्री संङ्कर पोखरेलले सडकले मधेशको विकासमा समृद्धि ल्याउने बताउनुभयो । ५० औं बर्ष देखि अलपत्र परेको आरटिओ सडक अहिलेको सरकारको पालमा निर्माण भए संगै समृद्धीको यात्रामा फड्को मारेको उहाँले बताउनु भयो ।
बिहिवार कपिलवस्तुको आरटिओ सडक उद्धघाटन गर्दै मन्त्री पोखरेलले प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकोले यस सडक निर्माण पश्चात नागरिकहरुको दैनिकिमा समेत परिवर्तन हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी सँग जोडिएको कृष्णनगर भन्सारको अवस्था दयनिय रहेकोले अब परिवर्तन हुने बताउनुभयो । विहिबार बिहान भन्सार कार्यालयको समेत अनुगमन गरेर आएकोले मुख्य नाकाको रुपमा कृष्णनगरलाई बिकास गरिने पोखरेलले बताउनुभयो ।
विजयनगर सगै सिंगो कपिलवस्तुमा सिचाई सुविधाका लागी नौमुरे सिचाई योजनाको काम अघि बढेकोले यसले जिल्लाको सिचाईको समस्यालाई समाधान गर्ने बताउनुभयो । सुकुम्बासी बस्तीको बाहुल्यता रहेको बिजयनगर वासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने बताउनुभयो । नेकपाका नेता समेत रहनुभएका पोखरेलले १४ वर्ष जेल मात्र नभइ सेल समेत बस्नुभएका प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्र बिरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभयो । ओलि सरकार कै पालामा राष्ट्रले सामाजिक सुसाशनमा दक्षिण एसियामा नै सबै भन्दा राम्रो रहेको बताउनु भयो । शुसासन कायम गर्दै यहि सरकारले लोकमानलाई भाग्ने बनाउने र अख्तियार प्रमुखलाई पक्राउ गर्न सफल भयो । आर्थिक हिसाबमा विगतको तुलनामा ओलि सरकारले ७ ओटा देशलाई उछिन्दै अगाडी बढेको बताउनु भयो ।
देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद बिघटन गरेको बताउनुभयो । अहिले ओलीको बिरोध गरिरहेकाहरुले अबको ५ वर्ष पछि जयजयकार गर्दै घरको विशिष्ट ठाउमा फोटा राखेर सम्मान गर्ने पोखरेलले बताउनुभयो । सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समुहका नेताहरुलाई अब जनताको घरघरमा विरोध गर्दै चुनावमा होमीन सुझाव दिनुभयो ।
भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबै भन्दा ठुलो बजेट आरटिओ सडकलाई बिनियोजन गरेर काम सम्पन्न गरेको बताउभयो । जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिचाईको लागि बातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना सुरु भएको बताउनुभयो । खोलानालामा लिफ्ट सिचाईको कामहरु तिव्ररुपमा अघि बढेको बताउदै पहिलो वर्ष ५४ वटा पुल निर्माण,दोस्रो वर्ष ३३ वटा र अहिले २७३ वटा पुलको डिपीआर काम सुरु भएको चौधरीले बताउनुभयो ।
कार्यक्रममा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आरटिओ सडक निर्माणले स्थानियहरुलाई राजमार्ग सडक संग जोडिन सहज भएको बताउनुभयो । सडक संजाल सगै गाउँपालिकामा सिचाई, सडक , स्वस्थ्य शिक्षा लगायतमा समेत पछि रहेकोले प्रदेश सरकारले ध्यान दिन आग्रह गर्नु भयो । गाउँपालिकाको सम्रग समस्याहरुलाई समेटर मुख्य मन्त्री पोखरेललाई ज्ञापन पत्र समेत प्रदान गर्नु भयो । समयमा नै सडक निर्माण काम सम्पन्न गरेमा निर्माण कम्पनीलाई समेत अध्यक्ष थापाले धन्यवाद दिनु भयो ।
प्रतिक्रिया