कपिलवस्तु
किन चुक्छ शिवराज नगररपालिका । कहिले आफै शिलन्यास गरेको भवन निर्माण गर्न अदालतले रोक्का गर्न आदेश दिन्छ त कहिले सामुदायिक भवन भत्काउन आदेश जारी गरेको हुन्छ । नगरपालिकाको आफ्नै भवन निर्माणको विषयमा सार्वैच्च अदालतले समेत भवन निर्माण नगर्न रोक्का गरेको छ । नगरपालिकाले सार्वजनिक जग्गा भन्दै व्यक्तीको घर आगाडी सामुदायिक भवन निर्माण गरेपछी फेरी विवादमा मुछिएको छ ।
जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका ३ कटुवामा निर्माण गरीएको सामुदायिक भवन भत्काउन आदेश दिएको छ । सार्वजनिक जग्गामा निर्माण गरिरएको भवन प्रयोगमा नआाउदै जिल्ला अदालत कपिलवस्तुले भत्काउन आदेश दिएको हो ।
शिवराज नगरपालिकाको आर्थिक बर्ष २०७४।०७५ मा विनियोजीत रु ५ लाखको लागतमा निर्मित भवन भत्काउन आदेश भएको हो । जिल्ला अदालतले २०७५ फागुन ७ गते सामुुदायिक भवन निर्माण भत्काउन आदेश जारी गरे पनि अझै नभत्काइएको भन्दै अदालतले पुन २०७७ पुष २५ गते भत्काउन आदेश जारी गरेको छ । कटुवा गाँउका अनवरे आलम मुसलमान लगायतले शिवराज नगरपालिकालाई विपक्षी बनाउदै अदालतमा मुद्धा दिएका दिए ।
अदालतले सशस्त्र प्रहरी बल विन्ध्यावासिनी बहिनी चन्द्रौटा र वडा प्रहरी कार्यालय चन्द्रौटालाई उक्त भवन भत्काउनका लागि सुरक्षा दिनुहुन भनी पत्र समेत काटेको छ । अदालतले उक्त सामुदायिक भवन सार्वजनिक जग्गामा निर्माण गर्न कटुवा गाँउका एक व्यक्तीको घर आगाडी निर्माण गरेको थियो ।
प्रतिक्रिया