नेपाली कांग्रेस क्षेत्र न ३ (क) कपिलवस्तुले विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी ओली सरकारले गरेको संसद विघटनको विरुद्ध काग्रेसको देशव्यापी कार्यक्रम अनुसार महाराजगंज नगरपालीकाको वडा न ६ जिगीना चौराहामा विरोध प्रर्दशन गरेको हो । संसद विघटन असवैधानीक कदम भएको भन्दै कांग्रेसले निर्वाचन क्षेत्र न ३ क मय विरोध प्रर्दशन गरेको क्षेत्रीय सचिव कमल केशिले जानकारी दिनुभयो । प्रर्दशन पछि भएको कोण शभालाई संवोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम वहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको खील्ली उडाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले घरमय लागेको आगो नियन्त्रण नगरेर देश भर सल्काएको वताउनुभएको छ । जनताले दिएको मतको अपमान गरेर संसद विघटन जस्तो अलोकतान्त्रीक निर्णय गरेको वताउनुभएको छ ।
कांग्रेस जिल्ला सदस्य हुमाकान्त खनालले ५ वर्ष सरकार चलाउन मत पाएको नेकपा आन्तरिक विवादमा फसेर मुलुकमा अस्थीरता निम्ताएको वताउनुभएको छ । संविधानमा व्यवस्था नभएको कुरा प्रयोग गरेर संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रीक भएको वताउनुभएको छ । नेता खनालले संविधानको रक्षाको लागी कांग्रेसले देशव्यापी विरोधका कार्यक्रमहरु गरेको वताउनुभएको हो ।
नेपाली कांग्रेसका युवा नेता अजय थापाले कम्नीयुष्टको पतासापको लागी मधेश जाग्नुपर्ने वताउनुभएको छ । उहांले मधेशका नागरिक सचेत भए कम्नीयुष्ट शासन मुलुकवाट अपदस्त हुने वताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले मधेशका नागरिकलाई अपमानीत गरेर खोक्रो राष्टवाद देखाएपनि अन्तयमा मुलुकलाई नै अध्यारो स्थीतीमा धकलेको आरोप लगाउनुभएको छ । सभालाई नेपाली कांग्रेसका जिल्ला सदस्य हरि प्रसाद पोख्रेल , कांग्रेस नेता कृष्ण प्रसाद पौडेल , प्यार मोहम्मद मियां लगाएतको सवोधन गर्नुभएको थियो । कार्यक्रम क्षेत्र न ३ क का सभापति जयन्ती प्रसाद कुर्मीको सभापतित्व र क्षेत्रीय सचिव कमल केशीको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया