मोफसल खबर
संसद विघटनको विरोध स्वरुप चरणबद्ध कार्यक्रम घोषणा गरेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार जिल्लाका विभिन्न स्थानमा कालो झण्डा गाडेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघट गरी प्रतिगामी कदम चालेको भन्दै नेकपा कपिलवस्तुले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका विभिन्न स्थानियतहको चोक चोकमा कालो झण्डा गाडेको हो ।
संसद विघटन गरेपछि पार्टी अनुशासनको कारबाहीबाट अध्यक्ष हटाइएका ओलीले चालेको कदमलाई विरोध स्वरुप पार्टीको केन्द्रिय कार्यक्रम अनुसार प्रत्येक स्थानिय तहको चोकचोकमा कालो झण्डा गाड्ने कार्यक्रम अनुुसार जिल्ला वाणगंगा नगरपालिका,बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाको चोकचोकमा कालो झण्डा गाडिएको नेकपा कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया