राम अवतार चौधरी
कपिलवस्तु, २९ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरीमा माघी साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एकता र शान्ति स्वावलम्बन समूहको आयोजनमा बुधबार उमरीडाँडामा कार्यक्रम सम्पन्न भएको हो ।
“हम्मन संस्कृति हम्मनके शान, थारु पहिचान बचएना हम्मनके अभियान” भन्ने मूल नाराका सञ्चालन भएको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले साँस्कृतिक कार्यक्रमले मात्रै थारु समुदायकोे विकास नहुने बताएकी छन् । थारु समुदायमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने माध्यम साँस्कृतिक कार्यक्रमको स्टेज एकदमै राम्रो भएको प्रशंसा गर्दै अगामी दिनमा समाजमा रहेका हरेक विकृति र विसंगतीलाई चिर्न सके समाजले अनुहार फेर्ने उनले जिकिर गरिन् । हामीले सामुदायका प्रत्येक बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायतका कुराहरुमा ध्यान दिन जरुरी रहेको समेत थारुले बताइन् । पुर्खाहरुले गर्दै आएका असल कामहरुको अनुसरण गर्दै जाने र समाजलाई खराब प्रभाव पारेका परम्परालाई त्याग गए कुसल समाजको परिकल्पना गर्न सक्निे उनले जनाइन् ।
यस्तै उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले थारु कल्चर विश्वकै सुुन्दर मनमोहक भएको बताएका छन् । थारु समुदायले आफ्नो मौलिक पहिचान जोगाउन एक दिन लगाएको पोशाकले मात्रै नहुने सुझाए । त्यसको लागि सम्पूर्ण थारुहरु एकजुट भई उमरी डाँडामा बन्दै गरेको थारु संग्राहलय शिवराजको मात्रै नभएर जिल्लाकै नमुन बनाउने बताए । कोरोना महामारीको विश्म परिस्थितिका बावजुद समेत माघी पर्व मनाउने उत्साहित भएको समुदायलाई सर्तक रही मनाएको थारु अगुवाहरुले बताए ।
उक्त कार्यक्रममा स्थानीय क्लब र युवायुवतीहरुले थारु संस्कृति झल्किने पहिरनमा रेकार्ड तथा परम्परागत नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका हुन् । साथै चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, मानव अधिकार प्रतिष्ठान कपिलवस्तु अध्यक्ष विष्णु खतिवडा, शान्ति पुर्नःस्थापना गृहका क्षेत्रिय संयोजक भुमिराज भट्टराइ, किर्डाक नेपाल तथा स्ट्रोम फाउण्डेशन कपिलवस्तुका जिल्ला संयोजक हरि प्रसाद लौडारी र पत्रकार सनिउल्लाह धोवी लगायत वक्ताहरुले कार्यक्रम तथा थारु समुदायको महान माघी पर्वको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया