कपिलवस्तुवाट भारतीय रकम सहित एक जना पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका वडा १ लिंकगेटमा भारत बाट अबैध रुपमा भित्राईएको पाँच लाख चौतिस हजार पाँच सय पचहत्तर भारतीय रकम,एक रुपैया अमेरेकी डलर र ओमनको दुई सय पैसा बरामद गरेको छ ।
भारत तर्फ बाट नेपाल आउदै गरेको पैदल यात्री बाग्लुंङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ५ का ३१ वर्षका भागिलाल विकको झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको रकम र पक्राउ परेका विकलार्ई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तैयारी भैरहेको सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताएका छन्
प्रतिक्रिया