Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

घरेलु तथा साना उद्योग समितिको सदस्यमा जस्मेर मिया चयन

घरेलु तथा साना उद्योग समितिको सदस्यमा नेपाल उद्योग महासघका केन्द्रिय सदस्य तथा चन्द्रौटा उद्योग वाणिज्य सघका अध्यक्ष जस्मेर मिया चयन हुनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ।महासंघको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन्।
समितिको सदस्यमा महासंघको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कुँवर छन्।

समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य संघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारीलगायत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma