माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । चन्द्रौटा हाटबजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गा अस्पताल निर्माणका लागि उपलब्ध गराउने गरि मन्त्रीपरिषदको बैठकले निर्णय गरेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्न जग्गा उपलब्ध भएको छ,केहि दिनमै टेण्डरको पकृया सुरु हुनेछ सांसद केसीले भन्नुभयो उपचारको लागि टाढा जानुपर्ने बाध्यता हट्ने छ ।केहि दिन अघि मात्र केसी सहितको टोली प्रधानमन्त्री केपि ओली सँग भेट गरी अस्पतालको लागि जग्गा उपलब्ध गराउन आग्रह गरिएको थियो ।
प्रदेश स्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल बन्ने भएपछि स्थानियहरु खुसि भएका छन् । यस क्षेत्रमा अस्पतालको अभाव रहेको नागरिकहरुको अत्याधिक गुनासो आउने गरेकोले अब पुरा भएको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । अस्पताल सुविधा सम्पन्न बन्ने भएकोले यस क्षेत्र विकास सगै उपलब्धीको रुपमा हेर्न सकिने सापकोटाले बताउनुभयो । अस्पताल निर्माण सम्पन्न हुन करीब २ अर्व लागत लाग्ने र अवधि पनि दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७।०७८ को बजेटमा प्रदेश स्तरीय सरुवारोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरीने उल्लेख गरिएको थियो ।
प्रतिक्रिया