जनयुद्ध दिवशको अवसरमा प्रतिगमन बिरुद्ध सर्घष स्वरुप चन्द्रौटामा र्याली गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ३ नम्बर निर्वाचन क्षेत्रिय समन्वयन कमिटिको आयोजनामा चन्द्रौटा खसिबजार देखि चोक सम्म र्याली गरिएको थियो । प्रधानमन्त्रीले असवैधानिक काम गरेको भन्दै जनताको मतलाई लत्याएर जनमतको दुरुपयोग गरेको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटि सदस्य बालकराम बुढाले प्रधानमन्त्रीले असैधानिक अलोकतान्त्रीक कदम गरेको भन्दै त्यसबिरुद्ध सडकमा उत्रिन बाध्य भएको बताउनुभयो ।शहिदका सपनालाई मर्न नदिने भन्दै सरकारले गरेका गलत कदम बिरुद्ध जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।
जनयुद्धकै कारण देशमा परिवर्तन आएको भएपनि अहिले प्रधानमन्त्रीले गरेको कदमले शहिदका सपनाहरु पुरा नहुने हुन कि भन्ने प्रश्न आएको बताउनुभयो । बहुमतका आधारमा निर्वाचन आयोग र संविधान अनुसार अदालतले निर्णय गर्ने विश्वास व्यक्त गुर्नभयो । नेकपाका नेता कपिलदेव खनालले काम गर्न नदिएको भन्दै संसद बिघटन गरे भने प्रधानमन्त्रीको अभिव्यक्ति हास्यास्पद रहेको बताउनुभयो । महिला नेतृ स्वेता योगीले असैधानिक कदम चालेका प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएकै कारण नेतृ झाक्रिलाई प्रक्राउ गर्नु गलत भएको बताउनुभयो । नेकपाका नगर अध्यक्ष दिनेश पुन,महिला नेतृ मिना परियार,अर्जुन सापकोटा,प्रकाश पौडेल,भरत पोख्रेल लगाएतका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया