माधव बेल्बासे
कपिलवस्तु (चन्द्रौटा),२ फागुन
कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का ५९ जना कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । वडाका ४९ जना कृषकहरुलाई घास काट्ने चारामेसिन,६ जनालाई धान काट्ने मेसिन र ३ जनालाई पानी तान्ने मोटर बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटले बताउनुभयो । वडाको वार्षीक कार्यक्रम अन्तर्गत बिनियोजित रु ५ लाखको बजेटरमा उक्त सामाग्री बितरण गरिएको सापकोटाले बताउनुभयो ।
सामाग्री हस्तान्तरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले समृद्ध नगरको लागि कृषकको भुमिका बढि हुने भएकोले कृषि कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिएको बताउनुभयो । कृषकलाइ प्रोत्साहन गर्न वडाले बजेट बिनियोजन गरेको वडाअध्यक्षलाई धन्यवाद दिनुभयो ।अधिकारीले कृषि सामाग्रीहरुलाई सहि सदुपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो । नगरको र स्वयंम कृषकको रकम पनि परेकोले पेशामा सहज हुने बताउनुभयो । वडाको ६० प्रतिशतको लगानी कृषकको ४० प्रतिशत लगानीमा उक्त सामाग्री हस्तानरण गरिएको हो ।
प्रतिक्रिया