Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजको रमुवादहमा महाशिवरात्री मेला हुने

सुर्य गुरुङ्ग
कपिलवस्तु-शिवराज ९ को रमुवादहमा हुने महाशिवरात्री मेला यस बर्ष फाल्गुन २५ देखि २७सम्म हुने भएको छ । भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्सोल्लाषका साथ मनाईने महाशिवरात्री मेलाको तयारीका लागी बुधबार कपिलस्तुको शिवराज ९ को रमुवादहको मेला स्थलमा बसेको भेलाले यस बर्षको महाशिवरात्री मेला फाल्गुन २५ देखि २७ सम्म गर्ने निर्णय गरेको हो ।
कपिलस्तुमा भगवान शिवको शक्ति पिठका रुपमा रहेको पाहाडी उच्च टापुमा अवस्थित ऐतिहासिक तथा प्राचिन धार्मिक महत्वको शिवगढी मन्दिर संगै रमुवादह मन्दिरमा पुजालाई भब्य बनाउने विषयामा भेलाको आयोजना गरिएको हो ।रमुवादहबाट शिवरात्रीका अवसरमा नेपाल तथा भारतका हजारौ भक्तजन शिवगढी मन्दिर पुग्ने मुख्य द्वारको रुपमा रहेको उक्त मेला स्थलमा यस बर्ष फाल्गुन २५,देखि २७ सम्म ३दिन तेस्रो महाशिवरात्री मेला ०७७आयोजना गर्ने तयारी आयोजकले गरेको छ ।यो वर्ष माहाशिवरात्रीमा अन्य वर्षको तुलनामा मेलालाई भब्य रुपमा आयोजना गर्न आफनो तयारीलाई ब्यापक बनाएको छ ।
मेलामा स्थानीय क्लब तथा विद्यालयहरु बीच नृत्य प्रतियोगिता
मिक्की माउस,झुला,डाईनोसर,यशियाकै दोस्रो नेपालको पहिलो सिसा नाच,लगायत स्थानीय, तथा रास्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।पर्यटन बिकास सस्थाका अध्यक्ष माल बहादुर घर्ती मगरको अध्यक्षतामा बसेको भेलाले हरी श्रेष्ठको संयोजकत्वमा मेलालाई भब्य र सभ्य रुपमा समपन्न गर्न विभिन्न उपसमिति गठन गरि जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma