Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

“समाज सुधारमा सामुदायिक रेडियोको भुमिका उल्लेखनिय”

माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले समाज सुधारमा सामुदायिक रेडियोको भुुमिका उल्लेखनिय रहेको भन्दै रेडियोहरुलाई मजवुत बनाउनुपर्ने बताउनुुभयो । कारोनाको महामारीको समयमा पनि अहोरात्र नागरिकहरुलाई सुचना पुरयाउने माध्यम भनेको रेडियो नै रहेकोले रेडियोहरुलाई बचाउने दायित्व सरकारको रहेको शाहले बताउनुुभयो ।
बुुधवार चन्द्रौटामा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका नवनिर्वाचित लुम्बिनी प्रदेश अध्यक्ष राजुु खराल र प्रदेश सदस्य शरद अधिकारीलाई सम्मान गर्दै शाहले सामुदायिक रेडियोलाई स्थापित बनाउन संसदिय विकास कोष वाट दिने सक्ने प्रवधान भएमा रेडियोहरुलाई सहयोग गर्ने आश्वासन दिनुुभयो । सांसद शाहले कपिलवस्तुु जिल्लाले प्रदेशको नेतृत्व पाएकोले यस कार्यकालमा नमुना काम गरेर देखाउन सुुझाव दिनुुभयो ।
फरक प्रशंङ्गमा बोल्दै शाहले अहिलेको सरकार नागरिक मैत्री बन्न नसकेको टिप्पणी गर्नुभयो । नागरिकको ईच्छा बमोजिम प्रधानमन्त्रीले काम नगरेकोले नैतिकता आधारमा राजिनामा दिनुुपर्ने तर्क राख्नुुभयो । मुलुकलाई समृद्ध बनाउन केपी ओलीले नसक्ने भन्दै आन्तरिक विवादका कारण संविधानमै धोस्त पार्ने चलखेल भएको शाहले बताउनुुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सामुुदायिक रेडियाले स्थानिय सरकारका गतिविधिलाई जनता सम्म पुराउन सहयोग गरेको बताउनुुभयो । रेडियो भरपर्दो संचार माध्यमको रुपमा रहेको भन्दै सत्यतथ्य समाचारलाई स्थान दिनुपर्ने बताउनुुभयो । महाराज गंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले प्रदेशको नेतृत्व कपिलवस्तुले पाउनुु खुुसिको कुरा रहेको जनाउनुुभयो । यो या त्यो बाहानामा कपिलवस्तुलाई पछाडि पारिएको भन्दै नव निर्वाचितहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुुभयो ।
कार्यक्रममा सामुुदायि रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले सामुदायिक रेडियोहरुको सरकार सग नितिगत लडाई रहेको बताउनुुभयो । कतिपय रेडियोको कोरानाका कारणले बन्द भए भने कतिपयको अवस्था जटिल रहेकोले रेडियो संचालनको लागि सरकार गम्भीर बन्नुपर्ने तर्क राख्नुभयो । प्रदेशमा ६४ वटा रेडियो संचालनमा रहेकोले ती रेडियोहरुलाई एकजुट बनाएर अगाडी बढने प्रतिबद्धता जनाउनुुभयो । रेडियो समानता,रेडियो भ्वाईस र रेडियो शिवराजको सयुक्त आयोजनामा सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma