Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा भोली शुक्रवार देखि हातिपाईले विरुद्धको औषधि खुवाईदै ।।

      

हातिपाईले रोग विरुद्धको औषधि शेवन कार्यक्रम भोली शुक्रवार देखि सुरु हुदै छ । कपिलवस्तुका १० ओटै पालिकामा भोलीवाट औषधि शेवन कार्य सुरु हुने जिल्ला जनस्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । औषधि शेवनको पुर्व सन्धयामा शिवपुर स्वास्थ्य चौकीले स्वास्थ्यकर्मीको लागी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ ।
शिवराज नगरपालीका वडा न १ शिवपुर स्वास्थ्य चौकी अन्तर्गत भोली शुक्रवार सामुदायिक भवन वनकटटा , हेल्थ पोस्ट परिसर र उमरी चौकीमा औषधि शेवन गराईने शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले वताउनुभएको छ । पोर्सी सनिवार देखि घरघरमय गएर औषधि शेवन गराईने प्रमुख पौडेलले वताउनुभएको छ ।
करिव ७ हजार नागरिकलाई औषधि शेवन गराउने लक्ष्य राखिएको पनि उहांले वताउनुभएको छ । प्रमुख पौडेलले कोही पनि औषधि शेवनवाट छुटन नहुने र स्वास्थ्यकर्मीको प्रत्क्षय निगरानीमा औषधि शेवन गराउने वताउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma